Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:४८ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय सभाका अध्यक्षको जिल्लामा कांग्रेस नेता मल्लको प्रशंसनीय कार्य

प्रकाशित मिति: २०७७ वैशाख ३०, मंगलबार

685
Shares

जलजला, ३० बैशाख २०७७ । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ ले कोरोना भाइरसको संक्रमणबिरुद्धको अभियानलाई निरन्तरता दिएका छन् । अध्यक्ष मल्लले आफ्नो गाउँपालिकाका जनताको निःशुल्क स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा धेरै लगानी गरिसकेका छन् ।

शुरुवाती दिनमा जलजला गाउँपालिकाको कोरोना राहत कोषमा व्यक्तिगत रुपमा उनले दुई लाख रुपियाँ उपलब्ध गराएका थिए । कांग्रेस नेता मल्लले कुश्मा नगरपालिकाको राहत कोषमा ३० हजार रुपियाँ समेत प्रदान गरिसकेका छन् ।

मल्लले महाशिलामा कांग्रेसको राहत कोषमा ३० हजार, फलेबासको राहत कोषमा ५० हजार रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुर, श्रमिक लगायत सर्वसाधारलाई उनले आफ्नै लगानीमा उद्धार समेत गरेका छन् ।

अध्यक्ष मल्लले फलेबास नगरपालिका र बिहादी गाउँपालिकालाई थर्मोगन, मास्क, सेनिटाइजर, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेका छन् । फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्मा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई कांग्रेस नेता मल्लले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

मल्लले महाशिला, पैयूँ र मोदी गाउँपालिकामा पनि स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएका छन् ।

जलजला गाउँपालिकाका एवम् युवा नेता मल्लले देखाएको मानवीय भावनाप्रति स्थानीयहरूले धन्यावाद दिएका छन् । मल्लले यसअघि जलजला गाउँपालिकाका कृषकहरूद्वारा सहयोग गरिएको तरकारी कुश्मामा ल्याएर मजदुर तथा बिपन्न परिवारहरूलाई वितरण गरेका थिए ।

कोरोनाको संक्रमण हुन सक्नेभन्दै अध्यक्ष मल्लले आफ्नो गाउँपालिका जलजलामा औषधि र स्वास्थ्य सामग्रीहरू तयारी अवस्थामा राखेको बताएका छन् ।

मल्लले जलजला गाउँपालिका क्षेत्रमा कोलोरिङ छर्कनका लागि थप ५० हजार रुपियाँ समेत सहयोग गरेका छन् । पर्वत जिल्ला राष्ट्रिय सभाका अध्यक्ष एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गणेश तिमिल्सिनाको गृहजिल्ला पनि पर्छ ।

कम्युनिस्टहरू सत्तामा रहेर समेत जिल्लाका लागि उचित कार्यहरू गर्न नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता मल्ल र पर्वत कांग्रेसले लकडाउनका बेला सक्दो सहयोगहरू गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -