Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२६:५३ दिउँसो
- ADVERTISEMENT -

धादिङमा अन्यत्रबाट घर फर्किएका सबैलाई क्वारेन्टाइनमा

प्रकाशित मिति: २०७७ वैशाख १७, बुधबार

780
Shares

धादिङ १७, बैशाख २०७७ । खनियाबास गाउँपालिकाले आफ्नो पालिकाभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको छ । बाहिरबाट आउनेहरुबाट निम्तिन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि उत्तरी धादिङको खनियावास गाउँपालिकाले गाउँ भित्रिएकाहरुलाई अनिवार्य क्वारेन्टाइनको ब्यवस्था गरेको हो ।

लकडाउन पश्चात गाउँ भित्रिएकाहरुबाट गाउँबस्तीमा कोरोनाको जोखिम बढ्न नदिनको लागि गाउँपालिकाले क्वारेन्टाइनलाई अनिवार्य बनाएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताउनु हुन्छ । देशका विभिन्न ठाउँमा लकडाउनका कारण थुनिएर समस्या भोगेका १ सय ५० नागरिकलाई गाउँपालिकाले आफ्नै खर्चमा उद्धार गरि ५ वटा वडामा संचालित ९ वटा क्वारेन्टाइनमा राखेको छ । लकडाउन लम्विदै जाँदा शहरबजारमा थुनिएर बस्नुपर्दाको पीडा र समस्या गाउँमै आएर बसेको क्वारेन्टाइनले बिर्साइदिएको उद्धार गरिएपछि क्वारेन्टाइनमा बसेका स्थानीयहरु बताउँछन् । खनियावास गाउँपालिका प्रवेश गर्ने मुख्यतह दुइवटा नाकाहरु रहेका छन् ।

एउटा नुवाकोटको किम्ताङ गाउँबाट र अर्को धादिङकै नेत्रावती गाउँपालिकाबाट । ती दुवै नाकाहरुमा प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोली खटाइ गाउँपालिका भित्रिन चाहने जोकोहीलाई स्वास्थ्य चेकजाँच गरेर अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता पछि मात्रै प्रवेशाज्ञा दिने ब्यवस्था गाउँपालिकाले मिलाएको अध्यक्ष तामाङको भनाइ छ । क्वारेन्टाइमा राखिएकाहरुको सम्पूर्ण खर्च र स्वास्थ्य सुरक्षाको व्यवस्थापन गाउँपालिका आँफैले मिलाएको छ भने उनीहरुको आरडीटी टेष्ट पछि मात्रै घर जान दिइने पालिका अध्यक्षले तामाङले बताउनु भयो । अध्यक्ष तामाङका अनुसार गाउँमा आउनका लागि अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता जनाउनु पर्छ ।

उक्त सर्त मान्नेलाई उद्धार गरेर आउने र क्वारेन्टाइनमा बस्ने सबै खर्च पालिकाले नै बेहोर्ने व्यवस्था मिलाएको बताउनु हुन्छ । लकडाउनले थुनिएका जिल्लाबासीको उद्धार गर्ने भन्दै गत बैशाख १२ र १३ गते १२ सय ६५ जना नागरिक धादिङ जिल्लाका विभिन्न क्षेत्रमा भित्रिएका छन् । को–को कहाँबाट आएर कहाँ बसेका छन् भन्ने विषयमा जिल्ला भित्राउन पहल गर्ने साँसद, नेता र जिल्लाका मुख्य सरोकारवाला निकायहरु अनभिज्ञ छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -