गोरखा, १५ बैशाख २०७७ । गोरखाको पालुङटार नगरपालिकाले काठमाडौँमा लकडाउनबाट समस्यामा परेका तथा घर फर्किन चाहाने आफ्नो नागरिकलाई उद्वार गरेर आफ्नो पालिका फर्काउने निर्णय गरेको छ ।
लामो समयको छलफल र बहसपछि नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण पालुङटारबाट बाहिर विभिन्न ठाउँमा पढाइ, उपचार क्रममा, र अन्य विभिन्न कामले रोकिएर बस्नु भएका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई घरमा आउनको लागि ल्याउने तयारी गरेको पालुङटार नगरपालिकाले जनाएको छ ।
काठमाण्डौमा दैनिक गुजारा चलाउन कठिन भई अलपत्र परेका पालुङटार नगरपालिकाले स:शुल्क यातायातको व्यवस्था गरी गाउँमा ल्याउने तयारी भएको जनाएको हो । सवैको पालिका प्रवेश गरे पछि सवैजना अनिबार्य १४ दिनसम्म धरभित्र क्वारेन्टाइनमा बस्नु पर्ने नगर प्रमुख ई. दीपक बाबु कडेलले जानकारी दिनुभयो ।
काठमाडौंमा सम्पर्क व्यक्तिहरु:
रामकृष्ण रोकाय – ९८५११७५५१४
बिमल ढकाल – ९८५११७७२३८
इन्द्र भट्टराई – ९८५१०६०५८८
मुक्ति पोख्रेल – ९८५१०८१५०८
दुर्गालाल श्रेष्ठ – ९८५१०३१७६३
जीवन बयलकोटी – ९८५१०३६४९५
पालुङटार नगरपालिका, नगर कार्य पालिकाको कार्यालय, गोरखा ।
सम्पर्क नम्बर :
नगर प्रमुख : ९८५६०७४९२४
नगर उपप्रमुख : ९८५६०७४९२५
प्रमुख प्रशासकीय अधिकृत : ९८५६०६११११









































