Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:१० दिउँसो
- ADVERTISEMENT -

प्राकृतिक ‘लकडाउन’मा उपल्लो डोल्पा

प्रकाशित मिति: २०७७ वैशाख ७, आइतबार

988
Shares

जाजरकोट, ७ बैशाख २०७७ । कोरोना भाइरस संक्रमण रोक्न भन्दै मुलुक नै बन्दाबन्दी (लकडाउन) गरिएका बेला उपल्लो डोल्पाका तीन गाउँपालिलाई प्रकृतिले बन्द बनाइदिएको छ ।

यहाँका शे–फोक्सुण्डो गाउँपालिका, बुद्धडोल्पो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बन्दाबन्दीका लागि प्रहरी प्रशासन लगाउनुपर्ने अवस्था छैन । तीन गाउँपालिकामा भारि हिमपात भएका कारण स्थानीयवासी एक गाउँबाट अर्को गाउँमा जान नसक्ने भएका छन् । यी सबै गाउँपालिका यार्सागुम्बालगायत जडीबुटीका उर्वरभूमि हुन् ।

फोक्सुण्डो गाउँपालिकाको सालताङ स्वास्थ्यचौकीका प्रमुख निमा धार्के गुरुङले गाउँमा औषधि गर्न जाँदा एक गाउँबाट अर्को गाउँमा जान दुई दिनभन्दा बढी लाग्ने गरेको बताए । उनले भने, “आज रुघाखोकी र ज्वारोको बिरामी गाउँमा भएको थाहा पाएँ, जान खोजेको हिमपातका कारण जान सकिएको छैन, औषधि चौरीमा लिनुपर्ने अवस्था छ, भोलि हिमपात रोकिए जानुपर्ला ।”

यहाँका स्थानीवासी बिरामी पर्दा स्थानीय आम्चीलाई बोलाएर जडीबुटीको औषधि गरेर ज्यान बचाउने गरेका छन् । प्रकृतिले नै १२ महिना हिउँ पार्ने भएकाले काम गर्नसमेत निकै अप्ठ्यारो भएको पेम्बा गुरुङले दुखेसो पोखे । “यहाँ राज्यको उपस्थितिभन्दा पनि हामी आफैँ जोगिएका छौँ”, उनले थपे ।

समुद्री सहतबाट झण्डै दुई हजार ३०० मिटरदेखि सात हजार ४२५ मिटर उचाइमा शे–फोक्सुण्डो गाउँपालिका छ । यहाँ १२ महिना भारी हिमपात हुने गर्दछ । गर्मी मौसममा मात्र यहाँका स्थानीयवासी आफ्नै गाउँघरमा बस्छन् । जब भारी हिमपात हुन्छ, तब एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था हुँदैन । सो समयमा यहाँका स्थानीयवासी बेँसी झर्छन् ।

केही सानो सङ्ख्यमा मात्र यहाँका गाउँमा सर्वसाधारण बस्ने गर्दछन् । गाउँपालिकाको केन्द्र साल्दाङमा रहेको छ । नौ वडा रहेको यस गाउँपालिकामा १, २, ३, र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डो रहेको छ । तीन हजार ९९ जनसङ्ख्य रहेको गाउँपालिकामा अहिले पनि भारी हिमपातका कारण सबै गाउँमा जान सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष टसीतुन्डुप गुरुङले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत टिम यो समाचार तयार पर्दासम्म बन्दाबन्दीमा काठमाडौंमा रहेको बताएका छन् । गाउँमा हिउँका कारण बन्दाबन्दी छ, जनप्रतिनिधि कोरोना भाइरसका त्रासका कारण सरकारले गरेको बन्दाबन्दीमा परेका छन् । त्यस्तै बुद्धडोल्पो गाउँपालिका पनि उपल्लो डोल्पामै छ । गाउँपालिकाको केन्द्र धोमा रहेको छ । धो सबैभन्दा अग्लो ठाउँमा रहेको मानव बस्ती हो । यहाँ छ वडा छन् । १, २ र ३ को संयुक्त वडा कार्यालय ‘धो’ र वडा नं ४, ५ र ६ को सयुक्त वडा कार्यालय ‘तिन्जे’ रहेको छ । माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्ने यो गाउँपालिकामा भोटे जातिका मानिसको बसोबास छ ।

यस क्षेत्रमा करिब छ महिना हिउँ जम्ने हुँदा यहाँका मानिसको जीवनशैली निकै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा वेँशको बिरुवाबाहेक अन्य कुनै ठूला जातिका वृक्ष पाइँदैन । वारिपारिका हिमालदेखि एक गाउँबाट अर्को गाउँमा जाने घोडेटो बाटो हिमपातका कारण नामनिसानै नदेखिने गरेको गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले जानकारी दिए ।

अर्को छार्का ताङसोङ गाउँपालिकामा पनि हिउँले भरिभराउ छ । हिउँकै कारणले स्थानीयवासी सबै गाउँमा जान सक्ने अवस्था नरहेको बताउँछन् । अधिकांश सर्वसाधारण दुनैमा बसेर काम गर्दै आएका छन् । जनप्रतिनिधि काठमाडौँ छन् । चिसो मौसमका कारण कर्मचारी गाउँपालिकाका सबै वडामा गएर परिचालित हुने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । त्यस्तै काइके गाउँपालिकामा केही गतिविधि भएको देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -