गोरखा, २० चैत २०७६ । सरकारको निर्णयलाई पालना गरी असल नागरिकको परिचय दिदै कोरोना विरुद्धको अभियानमा साथ दिनुहुन अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालले आग्रह गर्नु भएको छ ।
आज एक बिज्ञप्ति जारी गर्दै सबैमा धर्य धारण गर्न आग्रह गर्नु भएको हो । नोबेल कोरोना भाइरस केहि समयका लागि मात्र हो र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने अहिलेको उपाय हामी सवैको आत्म सयंम, धैर्यता र उच्च सचेतना नै हो ।
स्थानिय विपद् व्यवस्थापन समिति तथा कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय गरी गाउँपालिकाद्धारा क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ भने विदेशबाट यस गाउँपलिकामा प्रवेश गरेकाहरुको लगत राखी उनीहरुको उच्च निगरानी राखिएको गाउँपालिका अध्यक्ष फणिन्द्र प्रसाद धितालले जानकारी दिनुभयो । ‘थप क्वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने अबस्था भए पालिका भित्रका अन्य ठाउ छनोट गरिसकिएको छ, उहाँले भन्नुभयो ।
साथै, पालिका भित्र गरीब तथा बिपन्न बर्गलाई राहत दिने उद्देश्यले लगत संकलन गरिएको छ । लकडाउनका कारण बाहिर काममा जान नपाएका कारण दैनिक छाक टार्न नपाउनेहरुलाई राहत दिनका लागि अति गरीब तथा बिपन्न बर्गको लगत संकलन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।
गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि विभिन्न ठाउमा क्लोरिन झोल छर्किएको छ । गाउँपालिकाले विदेशबाट आएकाहरुको तथ्यांक पनि संकलन गरेको छ । उनीहरुलाई घरघरमै क्वारेण्टाइनमा राखेर निगरानी गरिएको उहाले बताउनुभयो ।
महामारीको यस घडिमा सवै अजिरकोटवासी नागरीकहरुमा धैर्यता, आत्म संयम र सचेतनाको अपेक्षा गरिएको उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ । महामारी सधै रहिरहदैन र यस समयमा आफु र अरुलाई बचाउन स्वास्थ्यसंग सरोकार राख्ने आधिकारीक निकायहरुको राय सुझावको पालना गर्नु हरेक नागरीकको कर्तव्य हो, भनिएको छ ।









































