चितवन, १७ चैत्र २०७६ । चितवनमा जतिसक्दो छिटो कोरोना परिक्षण ल्याब केन्द्रको स्थापना गर्न नेपाली काग्रेस चितवनले सरकारसंग माग गरेको छ ।
नेपाली काङग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठद्धार हस्ताक्षरित बिज्ञप्ति मार्फत अस्पताल र चिकित्सकको पहुँच भएको जिल्लामा यथासक्य छिटो परिक्षण केन्द्र स्थापना गर्न माग गरिएको हो ।
बिज्ञप्तिमा भनिएको छ– यथासक्य छिटो परिक्षण केन्द्र स्थापना गर्न नसकेमा सत्त्तारुढ दल नेकपाका नेताहरुको बर्चस्व रहेको मेडिकल सिटिको रुपमा चिनिने चितवनको बेईज्जत हुन जानेछ ।









































