Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:३८ बिहान
- ADVERTISEMENT -

लकडाउन पालना गर्दै र गराउँदै युवा

प्रकाशित मिति: २०७६ चैत १६, आइतबार

612
Shares

पोखरा, १६ चैत २०७६ । कोरोना भाइरसको संक्रमणका कारण विश्व नै तहस नहस भएका अवस्थामा सरकारले गरेको लकडाउनको पालना आफूले गर्ने र अरुलाई पनि गराउनेतर्फ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका युवाले सकृयता देखाएका छन् ।

लकडाउनको अधिकांशतः युवाले पूर्णत पालना गरेका छन् नै आफ्ना गाउँ वस्तीमा संक्रमण नभित्रियोस् भन्दै ठाउँ ठाउँमा बाटो बन्द गरेर आवागमन रोक्ने तर्फ पनि यहाँका युवाहरू कृयाशिल छन् ।

शनिबार मात्रै साविक भरतपोखरी गा वि स को वडा नं ५ र ६ को सिमानामा पर्ने बर भोटेनीमा मूल सडकमा नै बाँस गाडेर स्थानीय युवाले आवागमन रोकेका थिए ।

सवारी साधन लिएर उक्त बाटो हुँदै तनहुको दुलैगौडा तथा स्याङ्जाका विभिन्न स्थानका साथै पोखराको छोरेपाटन निस्कने क्रम बढेको भन्दै आफूहरू आवागमन रोक्न बाध्य भएको स्थानीयले बताए । आइतबार विहानै भरतपोखरीकै बागमाराका युवाले पानी ट्याङ्कीमा बाँस तेसारेर बाटो अवरुद्ध गराएका थिए । लकडाउनको समयमा आवतजावत गर्ने क्रम बढेका कारण आँफूहरु बाटोमा बार लगाउन बाध्य बनेको स्थानीय युवा खेमबहादुर नेपालीले बताए ।

विश्वव्यापी फैलिएको कारोना भाइरसको संक्रमणबाट आँफू पनि जोगिनुपर्ने र अरुलाई पनि जोगाउनुपर्ने दायित्व भएको बताउने अर्का युवा सुनिल सुनारले लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे ।

लकडाउनका पछिल्ला दिन भरतपोखरीमा यसको पालना प्रभावकारी रुपमा हुँदै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -