Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:४९ बिहान
- ADVERTISEMENT -

क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रह

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

1346
Shares

कास्की, १४ चैत २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापित क्वारेन्टाइनस्थलको बिहीबार साँझ अनुगमन गर्दै उहाँले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कुनै पनि वस्तुको अभाव हुन नदिन र आवश्यकतानुसारको सुविधा प्रदान गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री गुरुङले भवन, क्वारेन्टाइनमा रहेका श्यया, क्षमता र सुविधालगायतबारे जानकारी लिँदै सङ्क्रमणविरुद्धको लडाइँमा सरकारले केही कमी हुन नदिने र स्वास्थ्यकर्मीलाई समेत उच्च मनोवलका साथ लाग्न आग्रह गर्नुभएको थियो । तालिम केन्द्रको दुई भवनमा गरी ४८ जना क्षमता रहेको सो क्वारेन्टाइनमा हाल विदेशबाट फर्किएका तथा नेपालको पूर्वी सीमाबाट पोखरा आएका गरी १७ जनालाई राखिएको छ ।

प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री गुरुङको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको यही चैत १० गतेको बैठकले कृषि तालिम केन्द्रसँगै वन, शिक्षा र सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन केन्द्र लामापाटनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत १० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । सङ्क्रमण रोक्न पोखरा महानगरपालिकासहित अन्नपूर्ण, रुपा र माछापुच्छ«े गाउँपालिकाले समेत क्वारेन्टाइन स्थापना गरी पहिलो चरण वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई राखिएको छ । गण्डकी प्रदेशबाट हालसम्म १५ शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा १३ जनाको नतिजा नेगेटिभ आएको र दुई जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -