Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:०५ बिहान
- ADVERTISEMENT -

मुस्ताङमा तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियस

प्रकाशित मिति: २०७६ फागुन १०, शनिबार

735
Shares

काठमाडौं, १० फागुन २०७६ । केही दिनदेखि मौसममा आएको बदलीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिनुभयो । शुक्रबार बिहानैदेखि भएकाे हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको जानकारी आएको उहाँले बताउनुभयो । हिमपातसँगे उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ ।

यसैगरी हिमपातका कारण शुक्रबार जोमसोम विमानस्थलमा हवाई उडान प्रभावित भयाे भने जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको प्रजिअ अर्यालले बताउनुभयो ।

हिमपातले मुस्ताङका डाँडाकाँडाहरु सेताम्य भएका छन् । शुक्रबार पछिल्लोपटक परेको हिमपातले गर्दा मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ । मुस्ताङमा पटकपटक परेको भारी हिमपातका कारणले गर्दा कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डको जोमसोमभन्दा माथिको खण्ड भने अहिलेसम्म खुलेको छैन ।

वर्षा र हिमपातले चिसो बढेपछि मनाङको थोरङ्लापास क्षेत्र तथा म्याग्दीको दाना भएर मुस्ताङ भित्रिने पर्यटकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

हिमपात र वर्षाका कारण पर्यटक, यात्रु तथा सर्वसाधारणलाई समेत टाढाको यात्रामा ननिस्कन सुझाव दिइएको प्रजिअ अर्यालको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -