Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:५० बिहान
- ADVERTISEMENT -

बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार

1365
Shares

नेपालगञ्ज, फागुन ६ गते । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे खुल्ने क्रम बढेको होमस्टे एसोसिएसनले जनाएको छ ।

होमस्टे एसोसिएसन प्रदेश ५ का सचिव कृष्णलाल चौधरीका अनुसार होमस्टेप्रति पर्यटकको आकर्षण देखेर प्रदेशमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ ।

हाल प्रदेश ५ मा ४५ वटा होमस्टे सञ्चालनमा छन् । तीमध्ये ३२ वटा सामुदायिक र १३ वटा निजी होमस्टे रहेको जनाउँदै सचिव चौधरीले तिनमा करिब तीन सय परिवारले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।

सचिव चौधरीका अनुसार बर्दियामा छ सामुदायिक र दुई निजी, बाँकेमा तीन सामुदायिक र चार निजी, दाङमा आठ सामुदायिक, प्यूठानमा चार सामुदायिक, गुल्मीमा चार सामुदायिक, पाल्पामा चार सामुदायिक र पाँच निजी, रोल्पामा दुई सामुदायिक, कपलिवस्तुमा एक सामुदायिक, रुकुम र रुपन्देहीमा एक÷एक निजी होमस्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्ने व्यवस्था छ ।

ती होमस्टेहरूले वर्षमा ६० हजार पर्यटकलाई सेवा दिँदै आएको जनाउँदै चौधरीले नेपाल भ्रमण वर्ष मनाइरहेको हुँदा यस वर्ष करिब ८० हजार पर्यटक भिœयाउने लक्ष्य रहेको बताउनुभयो ।

बाँके, बर्दिया र पाल्पा जिल्लामा व्यवस्थित होमस्टे सञ्चालनमा रहेको होमस्टे एसोसिएसनले जनाएको छ । सरकारले पर्यटनका लागि घोषणा गरेका सय गन्तव्य क्षेत्रमा यी जिल्लाका होमस्टे समेटिएका छन् ।

सरकारले सन् २०११ मा कार्यविधि बनाएपछि नेपालमा होमस्टे सञ्चालनमा आएको जानकारी गराउँदै सचिव चौधरीले कार्यविधिमा होमस्टेलाई जीविकोपार्जनको माध्यम भनिएको बताउनुभयो । तर होमस्टेलाई जीविकोपार्जनका रूपमा नभई आयआर्जनको माध्यमका रूपमा अघि सार्नुपर्ने लबिङ आफूहरूले सुरु गरेको चौधरीको भनाइ छ ।

स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटक होमस्टेमा जाने गरेका छन् । होमस्टेहरूले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जङ्गल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैली र सङ्ग्रहालयको अवलोकन गराउने गरेका छन् ।

बाँके र बर्दिया निकुञ्ज आसपासमा रहेका होमस्टेमा आउने पर्यटक जङ्गल सफारीमा गएर बाघ, हात्ती, गैँडा, चौकालगायत संरक्षित जनावर हेर्ने गर्छन् । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदर, सुन गोहोरो, अजिङ्गर, राजधनेशलगायत विभिन्न किसिमका चरा हेर्न पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -