गोरखा, २७ माघ २०७६ । गोरखाको पालुङटारमा ४८ बर्ष देखि अलपत्र परेको खानेपानी आयोजना सम्पन्न भएको छ ।
नगर प्रमुख दिपक बाबु कणेलले एक कार्यक्रमका बिच धारा खोलि पानी पिएर उद्घाटन गर्नु भएको छ ।
नगरपालिकाको वडा नम्बर ४ बोहरा गाउँमा ४८ बर्ष पछि खानेपानीको धारा संचालनमा आएको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।
नगरपालिकाको २७ लाख रुपैयाँ र उपभोक्ता समितिबाट १३ लाख गरि कुल ४० लाख बजेटमा एक घर एक धारा मिटर जडान सिस्टममा निर्माण गरिएको प्रमुख कंडेलले बताउनु भयो । नगर भित्र भै रहेका सम्पूर्ण बिकास निर्माणका कामहरुमा नगरपालिकाले साथ दिने र समाजिक कार्य प्रति स्थानीय समुदाय संगै अघि बढ्नुपर्नेमा नगर प्रमुख कंडेलले जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख पम्फा बसेलले लामो संघर्स ले सफलता पाएको यसलाई हामि सबैले निरन्तर र दिगो बनाउने तर्फ सोच्नुपर्ने बताउनु भयो ।
उक्त आयोजना ३६ घनमिटरको टेन्किबाट ८९ ओटा मिटरका जडान सहितका धाराहरु निर्माण गरिएको र पानीको फोर्स बढी भएर पाइप लाइन फुट्ने समस्या हुने भएको हुँदा ठाउ ठाउमा भल्ब चेम्बर राखिएको इन्जिनियर अनुप देवकोटाले बताउनु भयो ।
बोहोरागाउँ खानेपानी आयोजनाबाट वडानम्बर ३ मा बोहोरागाउँ, पन्डितगाउ र वडानम्बर ४अन्तर्गत सिमलखर्क , खरबारी , पौडेल गाउँ ,थरिगाउ टोलका उपभोक्ताहरु लाभान्वित भएको पालुङटार नगरपालिकाका इन्जिनियर देबकोटाले जानकारी दिनुभयो ।









































