चितवन, २६ माघ २०७६ । गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागी इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोग गरेको छ ।
जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागी इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरेका हुन् ।
रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।









































