Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:५३ बिहान
- ADVERTISEMENT -

सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर

प्रकाशित मिति: २०७६ माघ २४, शुक्रबार

581
Shares

कैलाली, २४ माघ २०७६ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ ।

कैलालीको गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा बिहीबार (२३ माघ) आयोजित सुदूरपश्चिम प्रदेश भुपूसैनिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेना राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभयो । सेनाको पहलमा एकीकरण पदमार्ग निमार्ण भइरहेको स्मरण गराउँदै उहाँले विखण्डनको विचारलाई परास्त पार्ने मात्र नभई देशभक्ति, राष्ट्रियता र एकताको विजारोपण गरी ऐतिहासिक पर्यटनको विकास गर्नतर्फ सेना अग्रसर रहेको बताउनुभयो ।

‘सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु पनि हो’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण नागरिकलाई एकताको शुत्रमा एकबद्ध बनाइराख्न सेनाबाट अनवरत रुपमा प्रयास हुँदै आएको छ ।’ राष्ट्रिय स्वाधीनता अखण्डता कायम राख्न भुपूसैनिकको अहम भूमिका रहने भन्दै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिकको आर्थिक, सामाजिक समुन्नतिका लागि सेनाले विभिन्न कल्याणकारी कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले भुपूसैनिकबाट राय सुझाव सङ्कलन गरी लोक कल्याणकारी कार्यक्रम थप प्रभावकारी बनाउने उद्देश्यले मुलुकका सबै प्रदेशममा भुपूसैनिक सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा भूपूसैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणिलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले भुपूज्येष्ठ सैनिक सदस्य ९२ वर्षीय कृष्णबहादुर खत्री र ज्येष्ठ एकल महिला १०४ वर्षीया भद्रकाली कठायतलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी अवकाशपछि नागरिक जीवन बिताएर विभिन्न आयमूलक व्यवसायमा सफतला हात हासिल गरेका एक दर्जन बढी भुपूसैनिकलाई प्रशंसापत्र वितरण गरिएको छ ।

सम्मेलनपछि प्रधानसेनापति थापाले भूपूसैनिकसित अन्तरक्रिया गर्नुभएको छ । सो अन्तरक्रियामा बोल्दै उहाँले भुपूसैनिक र तिनका परिवारजन, वीरगति प्राप्त सैनिकका परिवारलाई सम्बोधन हुने खालका प्याकेज ल्याउन सरकार र सेनाले गृहकार्य गरिरहेको बताउनुभयो । नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याज दरमा नेपाली सेनाको संयोजनमा भुपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लाका परम्परागत संस्कृति झल्किने सांस्कृति प्रस्तुति देखाइएको थियो । सेना कल्याणकारी निर्देशनालयको आयोजना र सुदूरपश्चिम पृतनाको संयोजनमा भएको सम्मेलनको अवसरमा शुक्रबारदेखि तेघरी ब्यारेकमा तीनदिने बृहत स्वास्थ्य शिविरको आयोजना सेनाले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -