गोरखा, २३ माघ २०७६ । भिमसेन थापा गाउँ कार्यपालिकाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
गोरखाको भिमसेन थापा गाउँ कार्यपालिकाको कार्यालयमा यहि पौष ३ गते शुक्रवारका दिन करीव २ बजेर ४५ मिनेट जादा मेगा टेलिभिजनका पत्रकार एवं संवाददाताहरुवाट भिमसेन थापा गाउँपालिकाको कार्यालय हाताभित्र प्रवेश गरी छड्के निरीक्षणको नाममा विदा, काज तथा कार्यालयमा रहेका कर्मचारीहरु कार्यकक्षमा रहेको अवस्थामा समेत कर्मचारीहरु कार्यालयमा नभएको र जनताको सेवा प्रवाहमा असर परेको भनी मानव अधिकार समेतको ख्याल नगरी कर्मचारीहरुको मान मर्दन हुने किसिमका भाषाशैली सहितका समाचार बाहिर आएपछि गम्भीर ध्यानाकर्षण गराएको छ ।
उक्त भिडियो यहि पौष २० गते युट्युव मार्फत प्रशारण गरेकोमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको हो । कार्यालयमा कार्यरत कर्मचारीहरुले आफुले नागरिकको सेवामा पुर्याएको योगदानको समेत खिल्ली उडाउने गरी समाचार प्रशारण गरेकोमा यस कार्यालय दुःख समेत ब्यक्त गरेको छ ।
देशव्यापी रुपमा भएको वेमौसमी हिउँदे वर्षादको कारण पहाडी ग्रामिण क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेका कच्चीवाटोमा सवारी साधन चलाउँदा हिलो तथा चिप्लो हुनु स्वभाविक नै हो । यस प्रकारको सामग्री भिडियो बनाएर प्रसारण गरी गाउँपालिकाले केहि काम गर्न नसकेको भनि सिंगो गाउँपालिकालाई नै वदनाम गर्ने खालको समाचार प्रशारण गर्नुको औचित्य देखिएन ।
भिमसेन थापा गाउँपालिकाले चालु आर्थिक वर्षलाई विकासको चरम वर्षको रुपमा लिई विकास निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी वढाईरहेको व्यहोरा सम्वद्ध पक्षलाई जानकारी गराउन चाहन्छौ, साथै यस गाउँपालिकावाट उपलव्ध हुने सेवा र सुविधाको विषयमा स्थानीय नागरिकहरुवाट कुनै पनि गुनासो नआएको हुँदा आउदा दिनहरुमा समेत संचार माध्यमको नाममा विभिन्न अमुर्त उद्धे्रश्यका साथ यस्ता भ्रमपूर्ण समाचारहरु प्रशारण गरी सिंगो संस्थाको साख गिराउने तथा राष्ट्र सेवक कर्मचारीहरुको मनोवल घटाउने कार्य नगर्नु नगराउनु हुन समेत सम्वद्ध पक्षको ध्यानाकर्षण गरिएको प्रमुख प्रशाकीय अधिकृत कृष्ण थापाले बताउनु भयो ।
हाल्लाको पछाडी साथै भ्रमपूर्ण समाचारको पछाडी नलाग्न समेत गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।










































