गोरखा, २३ माघ २०७६ । फेड वासनका देवी प्रसाद श्रेष्ठको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतित्यतामा, बिभिन्न वडाका वडाध्यक्षहरु, स्थानिय बासिन्दा लगायत अन्य महानुभाबहरुको उपस्थितिमा शहिद लखन गाउँपालिकामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन गरिएको छ ।
शहिद लखन गाउँपालिकामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रमेश श्रेष्ठको अध्यक्षतामा गठन गरिएको हो ।
उक्त महासंघमा उपाध्यक्षमा विल थापा गुरुङ, सचिवमा रामकृष्ण अर्याल, कोषाध्यक्षमा बृन्द्रा थापा मगर, सहसचिवमा अर्जुन श्रेष्ठ चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमा सुनिता परियार, रुद्रबहादुर पुलामी, ऋषिबहादुर आले मगर, मन बहादुर थापा, लिला श्रेष्ठ, गंगा माया गुरुङ, सानु बि क, लेखप्रासद बन्जरा चयन हुनु भएको छ ।
महासंघका अनुसार कृष्ण ढकालको अध्यक्षतामा धनबहादुर बि क, टुक माया क्षत्रीसहितको तीन सदस्यीय लेखा समिती समेत गठन गरिएको छ ।









































