पोखरा, १३ माघ २०७६ । गोरखाको धार्चे गाउँपालिकाले पहिलो पटक पाँच जना महिलालाई ट्रेकीङ गाईड तालिम प्रदान गरेको छ ।
उक्त तालिम लिने महिलाहरुमा सबै गुरुङ छन् । निरुता गुरुङ, मञ्जरी गुरुङ, लिस्नु माया गुरुङ, रमिता गुरुङ र सीता घले रहेका छन् । उनीहरु पोखराको पामे स्थित थ्री सिस्टर एड्भन्चर ट्रेकिङ कम्पनीमा तालिम गरिरहेकी छन् ।
धार्चेको नीती अनुरुप गाउँपालिकाले उनीहरुलाई तालिम दिएको र यस तालिमको लागि फेस नेपालले प्रशिक्षार्थीहरुको खाने बस्नेको व्यवस्था मिलाएको छ ।
त्यसैगरी, उनीहरुको तालिम पश्चात रोजगारीको ग्यारेन्टी समेत गाउपालिकाले गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।
उनीहरुको तालिम अहिले तेश्रो हप्तामा चलिरहेको छ । अहिले सम्म उनीहरुलाई ब्याक प्याकिङ, अतिथिसँग कुरा गर्ने तरिका, लाईफ स्कील र अङ्रेजी भाषाको कक्षा भइरहेको प्रशिक्षार्थी सिता घलेले बताउनु भयो ।
यश प्रकारको तालिमले महिला सशक्तिकरण नेपाल र थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ कम्पनीको सहकार्यमा सञ्चालन भएको हो । जसमा २० जना प्रशिक्षार्थी रहेको र उनीहरुलाई नि:शुल्क रुपमा तालिम दिएको छ ।
फरक फरक बिषयमा फरक फरक प्रशिक्षकले तालिम दिइन्छ । यो तालिम करीब ८ हप्ताको रहन्छ । तालिममा सैद्धान्तिक र ब्यवहारिक दुबै हुन्छ ।
सहभागी प्रशिक्षार्थीहरुलाई बस्ने ठाउ देखि ट्रेनिङ सेन्टरसम्म आउने जाने बस भाडा समेत प्लान्ट नेपालले दिईने प्रशिक्षक तथा प्रोग्राम एसोसिएट प्रिती रानाभाटले बताउनुभयो ।









































