गोरखा, ६ माघ २०७६ । गोरखाको भिमसेन थापा गॉंउपालिका वडा नं ४ स्थित भगबति माध्यमिक विधालयको ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा प्रमुख अथिति गॉंउपालिका अध्यक्ष ईश्वर पाण्डेले एक समारोहका बिच उदघाटन गर्नु भएको छ ।

बिधालयको ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बिधालय व्यबस्थापन समितिका अध्यक्ष मायादेवी सुर्खेतीको सभापतित्वमा, भिमसेन थापा गॉंउपालिका वडा नं २ का वडा अध्यक्ष नारायण भट्टराईको बिशेष आथित्यतामा, अभिभाबक, बिधार्थी, स्थानीय बासिन्दा लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अथिति महानुभाबहरुको शुभकामना मन्तव्य सहित दुई दिवसीय उक्त समारोहमा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा वडा स्तरीय खेलकूद कार्यक्रमको आयोजना गरिएको छ । आज अभिभावक दिवस बिभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता रहेको बिधालयका शिक्षक डिल्ली राम भट्टले जानकारी दिनुभयो ।
भुकम्पपछि छेद बिच्छेद भएको बिधालयको नयॉं भबन निर्माण पश्चातको यो नै पहिलो कार्यक्रम हो । अहिले करिब ६ करोडको लागतमा ४ वटा सुविधा सम्पन्न भबनहरु रहेका छन ।









































