गोरखा, १ माघ २०७६ । माघेसंक्रान्तिको अवसर पारेर गोरखाको भीमसेन थापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाई कार्यक्रम सम्पन भएको छ ।
भिमसेन थापा गाउँपालिकाको विशेष सहयोगमा तथा स्थानीय क्लबहरु माछापोखरी नेवार समाज, समुन्नत युवा क्लब , खान्चोक सेवा समाज , नवजागरण विकास समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १५ हल अर्थात ३० वटा गोरु जुधाइएको थियो । प्रथम हुने गोरु कृषकलाई रु ८ हजार र सहभागी हुने गोरु कृषकलाई प्रति व्यक्ति २ हजार नगदराशी सहित सम्मान गरिएको थियो ।
सोही अवसरमा कलाकारहरु मनोज गजुरेल, प्रकाश कटुवाल , सीता लामा, गणेश जिसीले प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरिएको थियो । नुवाकोटमा हुने गोरु जुधाइ मेलाले प्रसिद्धि कमाउँदै गर्दा गोरखामा पनि यसको थालनी भएको हो ।









































