Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२०:४६ बिहान
- ADVERTISEMENT -

मुगु जिल्ला चार दिनदेखि सञ्चारविहीन

प्रकाशित मिति: २०७६ पुस २२, मंगलबार

766
Shares

मुगु,२२ पौष २०७६ । नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चार दिनदेखि सञ्चारविहीन भएको छ ।

जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात भएको थियो ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक हरिन्द्र बोहोराले इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकमा सेवाग्राहीको भीड लाग्ने गरेको र बैंकका सबै प्रणाली चलाउन समस्या आएको जानकारी दिए ।

बैंकको आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट सञ्चालन गरिएपनि यसको गति सुस्त रहेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँका सेवाग्राही विष्णुबहादुर भण्डारी बैंकमा रहेको आफ्नो खातामा बचत के कति छ भनेर बुझ्न आएको तीन घण्टा भइसक्दा पनि थाहा पाउन नसकेको गुनासो गरेका राससले जनाएको छ ।

इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको विद्यार्थी बताउँछन् । जिल्लाकै ठूलो वित्तीय संस्था छायाँनाथ साकोसका लेखापाल लोकराज शाहीले लघुवित्तको कारोवार, लगानी, बचत, भुक्तानीजस्ता काम गर्न समस्या भएको बताए ।

टाढा–टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही इन्टरनेट नहुँदा निरास भएर फर्कने गरेका छन् । प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन् । नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन् ।

इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न गाह्रो भएको टेलिकम मुगुले बताएको छ । योजना तथा कार्यक्रमको भुक्तानी दिन जिल्लामा रहेका चार स्थानीय तहलाई समस्या भएको छ । वित्तीय कारोवार गर्न सफ्टवेयर नचल्दा आफूहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाका लेखापाल जगतजङ्ग रावलको दुःखेसो छ ।

निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिङ्क, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेका छन् । यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरुले वितरण गरेका इन्टरनेटको गति सुस्त छ । टेलिकमको थ्रिजी सेवा गाउँ–गाउँसम्म विस्तार भएकाले सर्वसाधारण पनि मोबाइलमा डाटा लिएर इन्टरनेटजन्य कारोबार र सेवा लिने गर्दै आएका छन् ।

डाँफेलेकमा बाक्लो हिउँ जमेको र मौसममा सुधार नआएकाले टावरमा के–कस्तो समस्या हो बुझ्न जानसमेत प्राविधिकलाई समस्या परेको जनाइएको छ । नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -