कास्की, १२ पौष २०७६ । एलआईसी नेपालले प्रदेश नं ४ (गण्डकी) को प्रादेशिक कार्यालय पोखरामा स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले उक्त प्रादेशिक कार्यालयको समुदघान गर्नुभएको छ ।
समारोहमा स्वागत मन्तब्य ब्यक्त गर्दे एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले प्रादेशिक कार्यालयबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि चिरञ्जीवी चापागाँईले एलआईसी नेपाललाई शुभकामना दिदै नेपालमा स्थापना भएका पुरानो बिमा कम्पनीको को व्यापार नयाँ बिमा कम्पनी आउँदा पनि पुरानो कै बढी भएको औल्याए । चापागाँईले पछ्ल्लिो समय खुलेका नयाँ बिमा कम्पनीमा पुराना कर्मचारीहरु जाँदा पदोन्नति भएको बताए ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना : संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरेको एलआईसी नेपालले जनाएको छ ।
कम्पनिले आउदा दिनहरुमा थप प्रादेशिक कार्यालयहरु स्थापना गर्दे जाने बताएको छ । अब प्रदेश नं ४ मा पर्ने ११ वटा जिल्लालाई उक्त प्रादेशीक कार्यालयले समन्वय गर्नेछ ।









































