Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:१३ बिहान
- ADVERTISEMENT -

नेपाल भ्रमण वर्षमा आफ्नो नगर झल्किने झाँकी प्रदर्शन गर्न पर्यटन मन्त्रीको आग्रह

प्रकाशित मिति: २०७६ पुस १०, बिहीबार

810
Shares

ललितपुर, १० पौष २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार नेपाल भ्रमण वर्ष २०२० तयारीका विषयमा काठमाडौं, भक्तपुर, ललितपुर लगायत उपत्यकाका डेढ दर्जन जनप्रतिनिधिहरुसंग छलफल गर्नुभएको छ ।

नेपाल भ्रमण वर्षका लागि स्थानिय तहहरुले के कस्ता तयारीहरु गरिरहेका छन् भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष उद्घाटनका दिन नगरपालिकाहरुले पर्यटकलाई आकर्षण गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिनुभयो । नगरपालिकाको झल्को दिने झाँकी सहित उद्घटनमा आउन समेत उहाँले मेयरहरुलाई आग्रह गर्नुभएको थियो । सवै नगर प्रमुखले नेपाल भ्रमण वर्ष तयारी गरिरहेको प्रति खुसी व्यक्त गर्दै उहाँले एउटा नगरले गरेको राम्रो काम अर्कोले पनि सञ्चालन गर्न सकिने चर्चा गर्नुभयो ।

नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि स्थानिय तहले भूमिका खेल्न सक्नुपर्नेमा मन्त्री भट्टराईले जोड दिनुभयो । पूर्वाधारका कामहरु थुप्रै भइरहेको जानकारी दिदै उहाँले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणआ बारेमा पनि नगर प्रमुखहरुलाई जानकारी दिनुभएको थियो ।

नेपाल भ्रमण वर्ष तयारीका ’boutमा सचिवालयका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले जानकारी दिनुभभएको थियो । उहाँले नेपाल भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुने जानकारी दिनुभयो । त्यसैगरी उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन हुने कार्यक्रम समेत रहेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले २०२० मै नेपाल भ्रमण वर्ष किन ? भन्ने कुरा स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । नेपाल आएका पर्यटकलाई जतिसक्दो धेरै टिकाउनकालागि विभिन्न गन्तब्यहरु पहिचान गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । मेयर शाक्यले काठमाडौं महानगरले नेपाल भ्रमण वर्षलाई लक्षितगरी नमस्ते सेन्टर (सूचना केन्द्र) निर्माणदेखि विज्ञ टोली बनाएर नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्दै आएको जानकारी दिनुभयो ।

त्यसैगरी ललितपुर उप–महानगरपलिका मेयर चिरिबाबु महर्जनले नेपाल भ्रमण वर्षलाई लक्षित हुनेगरी थुप्रै कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । नगर क्षेत्रलाई हरियाली क्षेत्र बनाउनेदेखि साइकल लेन निर्माणसम्म भइरहेको जानकारी दिदै उहाँले आफ्नो जिल्लाले निर्माण गरेको साइकल लेनबाटै छिमेकी जिल्लाले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

ललितपुर नगरपालिकाले गठन गरेको पर्यटन संयोजक विरेन्द्रमान श्रेष्ठका अनुसार ललितपुरले पर्यटकलाई रात्री कालिन मनोरञ्जन दिनकालागि ललितपुर वाइ नाइट, नमस्ते सेन्टर, ललितपुर महोत्सव, पाटनमा ७ दिने कार्यक्रम, ललितपुरभित्रका होटेल रेष्टुरेन्टमा छुट, पाटन म्युजियममा नयाँ सुविधाहरु थप्ने कुराहरु भइरहेको छ । त्यस्तै लाइट एन्ड साउण्ड कार्यक्रम सुरु गरिने, टुरिस गाइडहरुलाई प्रशिक्षण जस्ता कार्यक्रमहरु रहेको जनाइएको छ ।

त्यसैगरी, भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर कार्यक्रम नभएपनि पर्यटकलाई आकर्षण गर्ने थुप्रै कार्यक्रम रहेको जानकारी दिनुभयो । वर्षैभरी पर्यटकलाई आकर्षित गर्ने गतिविधिहरु रहेको मेयर प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरमा सम्पदा संरक्षण, पुनःनिर्माणदेखि भक्तपुरमा पर्यटकलाई आकर्षित हुने खालका काठका झ्याल ढोका बनाए ३५ प्रतिशतसम्म अनुदान दिने जस्तो कामहरु भइरहेको छ । सम्पदा सुधारकालागि एक सम्पदा एक विद्यालय भनेर सरसफाइ गरिदै आएको उहाँले जानकारी दिनुभयो ।

हरेक १ र १५ गते सरसफाई, मौलिक घरहरु निर्माण गर्ने, रानी पोखरी, ढुंगे धारा, पार्टी पौवाहरु निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै गाईजात्रा जस्ता परम्परागत नृत्यदेखि सांस्कृतिक कार्यक्रमहरु’bout बुढापाकाहरुको शीप विद्यालय विद्यालयमा गएर प्रशिक्षण दिने कार्यक्रमहरु पनि प्रभाबकारी रुपमा सञ्चालन गरिरहेको छ ।

व्यवस्थित बस पार्क, सूचना केन्द्र, पर्यटक आउने क्षेत्रमा ३ देखि ५ मिनेटसम्मका दुरीमा दश वटा शौचालय, रात्री कालिन पर्यटकलाई केन्द्रीतगरी ६३ गाइडलाई एकै पोषाकमा प्रतिक्षण दिने जस्ता कामहरु पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलले नगरसमिति बन्ने क्रममा भएको जानकारी दिनुभयो । नगरमा पर्यटन सूचना केन्द्र राख्ने, लोगो सहितको लेटरप्याड बनाउने, मास पैदल यात्रा गर्ने, लेटर प्याडमा नेपाल भ्रमण वर्षको लोगो राख्ने काम भइसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा टोखा, भक्तपुर, महालक्ष्मी, किर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी, नार्गाजुन, मध्यपुर ठिमी, सुर्यविनायकलगायतका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुले भ्रमण वर्ष सफल पार्न भईरहेका कामको जानकारी गराउनका साथै उद्घाटन समारोहलाई भव्य बनाउन सक्रिय सहभागिताको प्रतिवद्धता व्यक्त जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -