Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२३:२३ दिउँसो
- ADVERTISEMENT -

आफ्नो गाउँ झिलिमिली बनाउन घरलौरो श्रमदान

प्रकाशित मिति: २०७६ मंसिर २५, बुधबार

563
Shares

सिलिचोङ, २५ मंसिर २०७६ । जिल्लाकै अति दुर्गम मानिएको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय विद्युत प्रसारण लाईन पुगेको छैन ।

तर त्यहाँका ८५ प्रतिशत भन्दा बढी नागरिकहरु अँध्यारोमा बस्नु परेको छैन । पर्याप्त जलश्रोत भएको सिलिचोङ गाउँपालिकामा स्थानीय खोलानालाबाट लघु जलविद्युत उत्पादन गरेर उनीहरु उज्यालोमा बस्दै आएका छन् । उक्त विद्युत नपुगेको गाउँ सिलिचोङ गाउँपालिकाको वडा नं। १ सिसुवाखोलामा पनि लघु विद्युत निर्माणको काम धमाधम भईरहेको छ ।

साविक सिसुवाखोला गाविसको वडा नम्बर ४ देखि ९ सम्मको वडाहरुमा अहिलेसम्म पनि विद्युत लाईन पुगेको छैन । उक्त बस्तिहरुमा विद्युत नपुगेकै कारण गएको तीन बर्षदेखि स्थानीय सिसुवाखोलबाट विद्युत निकाल्ने काममा स्थानीय नागरिकहरु लागिपरेका छन् । ‘सिसुवाखोला चटेक्मा लघु जलविद्युत आयोजना’ नाम दिईएको उक्त आयोजना आगामी दुई महिना भित्र सम्पन्न हुने निर्माण समितिले जनाएको छ ।

बैकल्पिक उर्जा, सिलिचोङ गाउँपालिका र जनश्रमदानले ५८ किलोवाटको लघु जलविद्युत निर्माण गर्न लागिएको हो । विद्युत निर्माणको लागि ९४ लाख रुपैयाँ बराबरको सामग्रीहरु बैकल्पिक उर्जाले उपलब्ध गराएको छ भने गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा ३६ लाख रुपैयाँ वजेट लगानी गरेको छ । योजना सम्पन्न गर्नको लागि यस बर्ष पनि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हालसम्म दुई सय ९० उपभोक्ता परिवारले ५५ दिनको दरले श्रमदान गरिसकेका छन् । अब एक हप्ता जति श्रमदान गर्ने र गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ उपलब्ध भए दुई महिना भित्र योजना सम्पन्न हुने निर्माण समितिका अध्यक्ष मञ्जील कुलुङले जानकारी दिनुभयो ।

अहिलेसम्म पावर हाउस, कुलो निर्माण, खोलामा बाँध, पोल गाड्ने, तार तन्काउने लगायतको कामहरु सम्पन्न भईसकेको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । अब फोर वे ट्याङ्की, ओभर फ्लो कुलो, घरमा वायरिङ लगायतको कामहरु बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ‘काम ९५ प्रतिशत जति सकिसकेको छ, अब हामी विद्युत बाल्न अन्तिम तयारीमा छौं’, कुलुङले भन्नुभयो । चालु आर्थिक बर्षमा विद्युतलाई विनियोजन गरिएको बजेट तत्काल गाउँपालिकाले उपलब्ध गराए घरघरमा बिजुली पुग्न समय नलाग्ने उहाँको भनाई छ । यो लघु विद्युत निर्माण सकिएसँगै सिलिचोङ गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को प्रत्येक घरमा विद्युत पुग्नेछ । वडा नम्बर ५ मा केन्द्रीय प्रसारण लाईन जडानको लागि पहल भईरहेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

उक्त वडामा विद्युत जडानको लागि प्रदेश र संघिय सरकारसँगको साझेदारीमा काम भईरहेको उहाँले जानकारी दिनुभयो । विद्युत पुराउन नसकिने दुर्गम गाउँहरुमा भने सौर्य बत्ती निशुल्क वितरण गरिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । एक बर्ष भित्रमा गाउँपालिकाका सवै बडाका नागरिकहरु अँध्यारोबाट मुक्त हुने उहाँको दावी छ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -