Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:१७ बिहान
- ADVERTISEMENT -

‘कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी’

प्रकाशित मिति: २०७६ मंसिर २१, शनिबार

625
Shares

पोखरा, २१ मङ्सिर २०७६ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताउनुभएको छ । पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्र्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने धारणा उहाँले राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सृजना भएको बताउनुभयो ।

आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि  जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । ‘जनप्रतिनिधि भनेको तोकिएको अवधिसम्म सो जिम्बेवारीमा रहने हो । संविधान, कानुन वा विधि भनेको सधैका लागि हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले नयाँ संविधानले अंगिकार गरेको परिवर्तनलाई आत्मसाथ गर्दै सरोकारवालासँग छलफल गरेर कानुन निर्माण गर्नुपर्छ ।’ राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरोकार राख्ने सभा भएकाले कानुन बनाउँदा आपासी समन्वय र छलफलमा जोड दिने प्रतिबद्धता अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभयो ।

उहाँले संघीय संसदले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विधेयक आगामी अधिवेशनबाट पारित गर्ने जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताउनुभयो । उहाँले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने धारणा राख्नुभयो ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताउनुभयो । उहाँले संघीयताको कार्यन्वयन प्रदेशलाई बलियो नबनाएसम्म सम्भव नभएको बताउँदै सातै प्रदेश सरकार, संसद र अन्य निकायले सहकार्य, सहअस्तित्व र समन्वय गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राष्ट्रिय सभा प्रदेश र स्थानीय प्रतिनिधिको पनि प्रतिनिधिमुलक सभा भएकाले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सात प्रदेशका सभामुख र उपसभामुखले पनि आफ्नो काममा एकरुपता दिन अनुभव आदान–प्रदान जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सभामुख तथा उपसभामुखले सभा सञ्चालन गर्दाका अभ्यास, अनुभव र चुनौतीबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी संविधान सभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सभा सञ्चालनको अवसर, चुनौती र अनुभव बारे धारणा राख्नुभएको थियो ।

त्यस्तै, संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले सभा सञ्चालनको अनुभव बारे कार्यक्रममा बोल्नुभएको थियो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष दहाल, सात प्रदेशका सभामुख उपसभामुख, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -