बागलुङ, १४ मंसिर २०७६ । बागलुङ क्षेत्र नं २ (ख) र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान चलिरहेको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा बिहान दिउसो २:३० बजेसम्म प्रत्यक मतदान केन्द्रमा ५० प्रतिशत भन्दा धेरैले मतदान गरिसकेका छन्।
प्रदेशसभा र स्थानीय तहको वडा अध्यक्षको लागि भएको उपनिर्वाचनका लागि बागलुङमा ४५ मतदान केन्द्र रहेका छन्। ‘सबै केन्द्रबा प्राप्त जानकारीअनुसार मतदाताको चाप पातलिएको छ’ निर्वाचन अनुगमनका लागि तमानखोला पुगेका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने, ‘५० प्रतिशतभन्दा धेरै मत खसिसकेको छ।’
प्रदेशसभा निर्वाचनका लागि ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन्। बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि पनि निर्वाचन हुँदैछ। त्यहाँ १ हजार ७ सय ७५ मतदाताले मताधिकार प्रयोग गर्ने भएका हुन्।









































