बाग्लुङ, १४ मंसिर २०७६ । बाग्लुङ क्षेत्र नं २ ख र बडिगाड गाउँपालिकाको वडा नं २ मा मतदान सुरु भएको छ ।
निर्वाचन आयोगले तोकेका २५ मतदान स्थलका ४५ वटै मतदान केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेका अनुसार प्रदेशसभाका लागि मतदान हुने २४ मतदान स्थल र वडाअध्यक्षको लागि मतदान हुने १ मतदान स्थल गरी २५ वटै मतदान स्थलमा मतदाता पुगेर मतदान सुरु भएको छ ।
९० बर्षिया मनसरी बिकले पहिलो मतदान गरेर उक्त मतदान स्थलमा मदतानको कार्य सुभारम्भ गर्नुभएकोे थियो ।
बाग्लुङमा प्रदेश सभाका लाागि नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम साही र नेपाली कांग्रेसका जित सेरचन बिच मुख्य प्रतिस्पर्धा हुदैछ ।









































