गोरखा, २०७६ साल मङ्सिर १३ गते शुक्रबार । गोरखाको बिकास निर्माण र बिपद् ब्यवस्थापनको बारेमा जानकारी लिन सिन्धुपाल्चोकका जनप्रतिनिधि सिरानचोक भ्रमण गर्नुभएको छ ।
आर्थिक तथा सामाजिक सवलीकरण परियोजना\ली बर्ड ले लिसंखु पाखर गाउँपालिका अन्तर्गत रहेका स्थानीय जोखिम तथा जलबायु उत्थानशील समितिका प्रतिनिधीहरु अभ्यास एबं सिकाइ सिक्न, अवलोकन गर्न, अनुभब आदान-प्रदान गर्न, बिपद् ब्यवस्थापन सम्बन्धी ज्ञान हासिल गर्न, भुकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट बिकास निर्माण र बिपद् ब्यवस्थापनको असल अभ्यासको बारेमा जानकारी लिने उदेश्यका साथ गोरखाको सिरानचोक आइपुग्नु भएको हो ।
लिसंखु पाखर गाउँपालिकाबाट जनप्रतिनिधि, कर्मचारी सहित ३५ जनाले गोरखाको सिरानचोक गाउँपालिका भ्रमण गरेको हो ।
भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुन निर्माण, बिपद्को तयारी, यहाँ भएका अभ्यासका बारेमा अध्ययन, अवलोकन र छलफल भएको सिरानचोक ७ का वडा अध्यक्ष सुरज ढकालले बताउनु भयो ।
सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई स्थलगत अध्ययनको अगुवाई वडा अध्यक्ष ढकाल र प्रयास परियोजनाका अभिषेक ओझाले स्वागत गर्नु भएको थियो ।









































