पोखरा, ११”मंसिर २०७६ । पोखरामा सत्तारुढ दल नेकपाले आयोजना गरेको चुनावीसभानजिकै बुधबार शक्तिशाली बम विस्फोट भएको छ ।
कास्की–२ को नयाँबजार प्रदर्शनी केन्द्रनजिकै उपचुनावका लागि नेकपाको चुनावसभा भइरहेको बेला बम विस्फोट भएको हो ।
चुनावी सभालाई नेकपाका नेता सुवास नेम्वाङले सम्बोधन भइरहेको बेला बम विस्फोट भएको बताइएको छ । बम विस्फोट भएपछि चुनावी सभामा भागाभाग मच्चिएको थियो ।
अहिले चुनावी सभाको कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था थप कडा पारेर कार्यक्रम सञ्चालन भइरहेको छ ।









































