Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
३:४०:१३ दिउँसो
- ADVERTISEMENT -

गोरखामा तीनवटा सडक र एउटा पुलको  शिलान्यास

प्रकाशित मिति: २०७६ मंसिर १०, मंगलबार

1482
Shares

गोरखा, २०७६ साल मङ्सिर १० गते मंगलबार । छेपेटार, चोरकाटे, चित्रेपोखरी दूध पोखरी सडक (मनास्लु मार्ग ) शिलान्याससंगै सोमबार एकैदिन गोरखामा तीनवटा सडक र एउटा पुलको  शिलान्यास गरिएको छ ।

ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा सम्भावित रणनीतिक सडक अन्तर्गत छेपेटार–चोरकाटे–चित्रेपोखरी सडक कालोपत्रेको काम सोमबारदेखि सुरु भएको छ ।

गण्डकी प्रदेशले निर्माण गर्ने ढुङ्गागाढे बुङ्कोट सडक, ढोडेनी -भच्चेक सडक, र चोरकाटे थुम्का सडक स्तरोन्नती गर्ने कामको सोमवार भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले एक समारोहका बिच शिलान्यास गरेका हुन् गर्नु भएको हो ।

त्यसैगरी, गोरखा नगरपालिका ३ को कुमालगाउँबाट सिरानचोक गाउँपालिकाको चोरकाटे जोड्ने टावर झोलुङ्गे पुलको शिलान्यास सम्पन्न भएको छ । उक्त शिलान्यास गरीएका चारवटै योजनाको लागत करिब ७९ करोड भन्दाबढिको रहेको छ ।

सबैभन्दा पहिले ढोडेनी -सिम्जुङ-भच्चेक सडकको शिलान्यास गरिएको हो । २० करोड ५६ लाखमा स्तरोन्नती हुने भएपछि सर्वसाधारणलाई सजिलो हुने अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रा गुरुङको भनाइ रहेको छ । उक्त सडक बि स २०७८ मङ्सिर पाँच गतेभित्रै ग्राबेल भईसक्नु पर्ने प्राबधान रहेको छ । बिरुवा नाना गोरखा जेभीले ठेक्का पाएको उक्त सडक एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत सम्पन्न  लागेको पूर्वाधार बिकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले जानाकारी दिनुभयो । तीनवटै सडकको चौडाई भने ५.५ मिटर सहित करिब १४ किलोमिटर उक्त सडक निर्माण भएपछि अजिरकोट गाउँपालिकाका सर्वसाधारणलाई फाईदा पुग्ने आशा लिइएको छ  ।

त्यसैगरी, पालुङटारको राधाकृष्णमन्दिर, कालामाटा, पौवाटार विरुवाटार मिलनचोक हटिया मझुवा सडकको भने स्तरोन्नतीको काम शुरु भैसकेको छ । सोही कार्यक्रम अन्तर्गतको वारपाकबाट लाप्राकसम्मको सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया शुरु भएको छ । प्रदेश सरकारले छेपेटार चोरकाटे चित्रेपोखरी सडक पनि कालोपत्रे गर्न लागेको छ ।

लजमुङको दुधपोखरीसम्मै सडक विस्तार गर्ने उद्देश्य सहित पहिलो चरणमा चोरकाटेबाट थुम्कासम्मको सडक कालोपत्रे गर्ने कार्यक्रम छ । मनासलु मार्ग नाम दिइएको उक्त सडकलाई प्रदेश सरकारले सम्भावित रणनीतिक सडकको सूचीमा राखेको छ ।

चोरकाटे, कुमालगाउँ, सिमलाफेद, राम्चे, बरामगाउँ, थुम्का सडक २१ करोड २९ लाखमा स्तरोन्नती हुने भएको छ । करिब १० किलोमिटर सडकको कालोपत्रेको काम लामा कन्स्टूक्शनले बि स २०७८ असोज ३१ सम्म पुरा गर्नुपर्ने प्राबधान रहेक छ । सम्भावित रणनीतिक सडक अन्तर्गत उक्त सडक निर्माण भएपछि सिरानचोक र अजिरकोट गाउँपालिकाका स्थानीय लाइ आवत जावत गर्न ठुलो टेवा पुग्ने आशा गरिएको छ ।

गोरखा नगरपालिकाको ढुङ्गागाढे देखि बुङ्कोट, नाम्जुङ, घैरुङ, मनकामना सडक ३३ करोड ९१ लाखमा कालोपत्रे हुन लागेको हो । १२ किलो मिटरसम्म उक्त सडक कालोपत्रे हुने पूर्वाधार बिकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताउनु भयो । कात्तिक ६ गते लामा कन्स्टूक्सनसँग ठेक्का सम्झौता भएको उक्त सडकको काम बि स २०७८ कात्तिक पाँचगतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

भौतिक पूर्वाधार बिकास मन्त्री बस्नेतले समयमै काम सकेर आम जनतालाई राहत् दिन निर्माण व्यवसायलाई निर्देशन दिनु भयो । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत कालोपत्रे हुने लागेको सडक तत्काल १२ किलोमिटर गरिएतापनि मनकामनासम्म जोड्ने आश्वसन उहाले दिनुभयो । ‘काम समयमै भए, नभएको गुणस्तीय गरे, नगरेको बारे सर्वसाधारणले पनि चासो दिनुपर्छ’ सडक शिलान्यास गर्दै भन्नुभयो । एकै दिन चारवटा बिकासे योजनाको शिलान्यास गरेपछि उहाले संघीयताले गाउँगाउँमा बिकास ल्याएको बताउनु भयो । बिकास निर्माणका काममा सबै राजनीतिक दल मिलेर जानुपर्नेमा उहाको जोड थियो ।

प्रदेश सरकारले उज्यालो प्रदेश घोषणा गर्ने गरी घरघरमा बिजुली बत्ती पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनु भएको छ । गोरखा नगरपालिका ८ को ढुङ्गागाढे, बुङ्कोट हुँदै घैरुङ मनकामना जाने उक्त सडक वर्षाको बेला हिलाम्य हुने र हिउँदो बेला धुलोका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका थिए ।

नगर र गाउँ जोड्न उक्त सडक महत्वपूर्ण रहेको बताउँदै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले समय भन्दाअगाडी नै निर्माण कार्य सम्पन्न गर्न व्यवसायीलाई आग्रह गर्नु भयो ।

दरौँदी नदीमाथि बन्ने टावर झोलुङ्गे पुल तीन करोड २९ लाख लागतमा निर्माण हुनेछ । गोरखा जगदम्बा जेभीले निर्माण गर्ने उक्त पुल २०७७ चैत २७ गते सिध्याउनुपर्ने सम्झौता भएको छ ।

गोरखामा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत पालुङटार नगरपालिका भित्र एउटा काम सुरु भईसकेको छ भने गोरखामा एउटा सडक सुरु हुन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -