Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:२७ बिहान
- ADVERTISEMENT -

साग प्रतियोगितामा सुरक्षा व्यवस्था मिलाउन निर्देशन : गृहमन्त्री

प्रकाशित मिति: २०७६ मंसिर ६, शुक्रबार

797
Shares

काठमाडौँ, २०७६ साल मङ्सिर ६ गते शुक्रबार । गृहमन्त्री रामबहादुर थापाले दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा बिहीबार साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएकाले कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले प्रतियोगितालाई स्वच्छ, स्वस्थ र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभयो । बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालनको खाका तयार पारिएको छ । खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको छ । गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै यसलाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिनुभयो ।

बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारी सहभागी हुनु भएको थियो ।

यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, ललितपुर, कास्की र धनुषामा १३औँ साग प्रतियोगिता सञ्चालन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -