गोरखा, ५ मङ्सिर २०७६ । क्षत्री समाज नेपाल जिल्ला कार्य समिति गोरखाले छिमेकी मुलुक भारतले नेपालको जमिन आफ्नो राजनीतिक नक्सा भित्र समेटेको बिरोधमा आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
समाजका जिल्ला केन्द्रिय सदस्य शंकर बहादुर कुँवर र जिल्ला अध्यक्ष रोलक बहादुर थापाद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भारतले नेपालको भौगोलिक अखण्डता माथी हस्तक्षेप गरेको भन्दै सरकारले तत्काल रक्षाका लागि कदम चाल्नु पर्ने उल्लेख गरिएको छ ।
‘आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो, ज्ञापन पत्रमा भनिएको छ, त्यसका लागि यथाशिग्र कुटनीतिक माध्यमबाट बार्ता गरि हाम्रो भुभाग भारतीय नक्साबाट हटाउन पहल गर्नुपर्दछ ।’ ज्ञापन पत्रमा कालापानी लिपुलेक, लिम्पीयाधुरा लगायत क्षेत्र नेपालको हो भन्ने कुरा ऐतिहासिक प्रमाणहरुले पुष्टी गरिसकेको भन्दै नेपाल सरकार चुप लागेर बस्न नहुने उल्लेख गरिएको छ ।
नेपालको भूमि रक्षाका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बेला आएको भन्दै ज्ञापन पत्रमा भारत सरकारको बिस्तारबादी कदमको घोर निन्दा एवम भत्र्सना गरिएको छ । त्यस्तै भारतको पछिल्लो कदमले नेपाल र नेपाली जनताको भावना माथी आँच पुगेको भन्दै तत्काल उक्त गलत कार्य सच्याउन समेत माग गरिएको छ ।
भारतीयहरुले नेपाली भुभाग माथी कब्जा जमाउने, नेपालीहरुलाई आफ्नो घरबासबाट लखेट्ने, सिमा क्षेत्रमा नेपाली भुभाग डुब्ने गरि अग्ला बाँध बाध्ने गरेको यस अघि पनि पटक–पटक नेपाली जनतालाई दुःख दिने गरेको भन्दै त्यसको कडा भत्र्सना समेत गरिएको छ । ज्ञापन पत्र बुझ्नु हुदै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समाजले उठाएको माग जायज भएको भन्दै सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।









































