Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२५:१५ बिहान
- ADVERTISEMENT -

गोरखाको आरुघाट बजार बन्द

प्रकाशित मिति: २०७६ मंसिर २, सोमबार

953
Shares

गोरखा, २ मङ्सिर २०७६ । गोरखाको ब्यापारीक केन्द्र आरुघाट बजार आज बन्द छ । तर, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने अन्तिम तयारी भएकाले बन्द, हड्ताल नगर्न र सहज बतावरण सिर्जना गरिदिन अनुरोध गरेका छन् ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाले जग्गा रोक्का राखेको तीन वर्ष सम्म मुआब्जा निर्धारण नगरेको भन्दै आक्रोशित स्थानीयले विद्यालय, बजार, बित्तिय संस्था सरकारी कार्यालय सबै बन्द गराएका हुन् ।

‘गोरखाको आरुघाट गाउँपालिका तर्फको बजार र त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार तर्फको बजार स्थानीयले स्वस्फूर्त बन्द गरेर मुआब्जा तोक्न दबाव सिर्जना गरेका हुन्’ बुढीगण्डकी जलाशययुक्त सरोकार समिति गोरखा आरुघाट, बिसालटार धादीङका संयोजक निदेश ढकालले भने । आज राजनीतिक दल, गाउँपालिकाका प्रमुख, वडा अध्यक्षहरु सहित स्थानीयको भेलाले भोलीबाट थप आन्दोलनको कार्यक्रम घोषणा गरेर अघि बढ्ने निर्णय गर्ने तयारी भएको ढकालले बताए । आरुघाट क्षेत्रको गोरखा र धादीङ तर्फका स्थानीय बजार ठप्प बनाएर घरेलुचौरमा भेला भएका छन् ।

यस अघि पटक–पटक मुआब्जा तोक्ने अन्तिम तयारी भएको बताउँदै निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, आयोजना प्रमुख कृष्ण कार्कीले ढाँटेको आरोप स्थानीयको छ । लामो समय घर जग्गा रोक्का हुँदा किनबेच गर्न, ब्यापारी प्रयोजनका लागि बैकमा राख्न नपाएको गुनासो स्थानीयको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -