Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:००:५० दिउँसो
- ADVERTISEMENT -

देशभरका तीन लाख सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिदै

प्रकाशित मिति: २०७६ कात्तिक २८, बिहीबार

1055
Shares

काठमाडौं, २८ कात्तिक २०७६ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार–प्रसार गर्नकालागि नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सघाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयसंग सम्झौतागरी महासंघले आफ्ना सदस्य सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को पोष्टर, पम्प्लेट राख्ने भएको हो ।

आज आयोजित कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई लगायत महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य संयुक्त उद्घोष गर्नुभएको थियो । अहिले महासंघसंग आवद्ध सवारी साधनको संख्या ३ लाख रहेको छ ।

उद्घोष कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले नेपाल भ्रमण २०२० को मूख्य आयोजक समितिको सदस्यमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघलाई पनि राख्ने घोषणा गर्नुभएको थियो ।

तीन लाख सवारी साधनमा धेरैले रोजगारी पाएको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘सरकार वा निजी एक्ला–एक्लैले केही गर्न सकिदैन, तसर्थ सरकार र निजी क्षेत्रवीच प्राइभेट–पब्लिक पार्टरशीप अन्र्तरगत अगाडि बढ्नुपर्छ ।’

मंसिर दोश्रो सातासम्म देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो, ब्यानर हाल्न मन्त्री भट्टराईले महासंघका पदाधिकारीलाई अनुरोध गर्नुभयो । त्यसैगरी सार्वजनिक सवारी साधन सफा राख्न पनि उहाँले व्यावसायीसंग अनुरोध गर्नुभयो ।

सार्वजनिक यातायातमा कार्यरत एक हजार चालक तथा सहचालकलाई आथित्यतासम्बन्धी प्रशिक्षण दिने तयारी समेत भइरहेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -