गोरखा, २०७६ साल कात्तिक २६ गते मंगलबार । सिरानचोक गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । सिरानचोक गाउँपालिकाबाट वितरण गरिने आर्थिक बर्ष ०७६÷७७ को प्रथम चौमासिक बापतको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको हो ।
ग्लोबल आईएमई बैंक सिरानचोक चोरकाटे शाखाले आज एक सुचना जारी गर्दै ग्लोबल आईएमई बैंक सिरानचोक शाखामा खाता खोलेका वडा न १ केराबारी, वडा न ४ छोप्राक, वडा न ५ छोप्राक र वडा न ८ जौबारीका सामाजिक सुरक्षा भत्ताको रकम खातामा दाखिला जानकारी दिएको छ ।
यहि २०७६ कात्तिक २९ गते शुक्रबारका दिन सिरानचोक गाउँपालिका वडा न १ केराबारीका महानुभाबहरुले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन जान हुन अनुरोध गरिएको छ । त्यसैगरी, २०७६ मङ्सिर १ गते आइतबारका दिन सिरानचोक गाउँपालिका वडा न ४ (तल्लो) छोप्राकका लाभग्राही महानुभाबहरुले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन जान हुन अनुरोध गरिएको छ ।
त्यसैगरी, २०७६ मङ्सिर २ गते सोमबारका दिन सिरानचोक गाउँपालिका वडा न ५ (माथिल्लो) छोप्राकका लाभग्राही महानुभाबहरुले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन जान अनुरोध गरिएको छ । त्यसैगरी, २०७६ मङ्सिर ३ गते मंगलबारका दिन सिरानचोक गाउँपालिका वडा न ८ जौबारीका लाभग्राही महानुभाबहरुले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम लिन जान सुचनामा उल्लेख गरिएको छ ।
साथै, सिरानचोक गाउँपालिकामा बाकी रहेका वडा न २ थालाजुंग, वडा न ३ हर्मी, वडा न ६ गाखु र वडा न ७ श्रीनाथकोटको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बापतको रकम केही समयपछि वितरण गरिने ग्लोबल आईएमई बैंक सिरानचोक शाखाले जानकारी दिएको छ ।









































