Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
३:०१:२८ दिउँसो
- ADVERTISEMENT -

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज , को को हुदै छन् उम्मेदवार

प्रकाशित मिति: २०७६ कात्तिक २१, बिहीबार

653
Shares

काठमाडौं, २१ कात्तिक २०७६ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिने भएको छ ।

त्यसैगरी, स्थानीय तहमा उम्मेदवार बन्नेहरुले भने यही कात्तिक २७ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ मा र प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नम्बर २ (ख), भक्तपुर क्षेत्र नम्बर १ (क) तथा दाङ क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनमा दलहरु बढी केन्द्रित भएका र आम चासो रहेको छ ।

कास्कीमा को को उम्मेदवार ?

प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपाबाट स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई चुनावी मैदानमा उत्रिनु भएको छ भने काँग्रेसबाट खेमराज पौडललाई उम्मेदवार बनाएको छ ।

यस्तै समाजवादी पार्टीले पूर्वगोर्खा सैनिक धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी र विवेकशीलले जमुना शर्मालाई मैदानमा उतारेको छ । यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

गत निर्वाचनको चुनावी अंकगणितले कास्की २ मा विद्या र खेमराजबीच प्रतिस्पर्धा हुने देखिएको छ । तत्कालीन बामगठबन्धनबाट विजयी रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की दुईमा उपनिर्वाचन हुन लागको हो ।

बाग्लुङमा नेकपाको खाली

बाग्लुङ २ (ख) मा नेकपाको समर्थनसहित राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र काँग्रेसका जित शेरचनबीच प्रतिश्पर्धा हुने भएको छ । यस्तै समाजवादीले अशोककुमार विक र राप्रपाले गणेश कुँवरलाई प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उतारेको छ ।

०७४ को चुनावमा बाग्लुङ २ ‘ख’ मा जनमोर्चाकै टेकबहादुर घर्ती विजयी भएकोमा उहाँको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

दाङमा नेकपालाई काँग्रेसको दवाव

दाङ ३ (ख) मा हुने उपचुनावमा दुर्घटनामा परी निधन भएका तत्कालिन प्रदेश सभा सदस्य उत्तम वलीकी पत्नी विमला वलीलाई चुनावी मैदानमा उतारेको छ भने काँग्रेसले केशव आचार्यलाई अघि सारेको छ । समाजवादीले दिल्लीबहादुर डाँगी, साझाले शिव चौधरी र राप्रपाले भूपाल रावतलाई चुनावी मैदानमा पठाएको छ । तत्कालीन बाम गठबन्धनबाट विजयी उत्तम वलीको सवारी दुर्घटनामा परेर निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

भक्तपुर त्रिपक्षीय भिडन्त

भक्तपुर १ (क) मा नेकपाबाट देवीप्रसाद ढकाल (डिपी) र काँग्रेसबाट कृष्ण भँडेलबीच भिडन्त हुने पक्का भएको छ । भक्तपुरमा अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भने विहिबार २१ गते उम्मेदवारी दर्ताको दिनमात्र पार्टीका उम्मेदवार तय गर्ने जनाएको छ । त्यसैगरी समाजवादीले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

साझाबाट सुरज प्रधान र राप्रपाबाट श्याम नेपाल चुनावी मैदानमा उत्रिने हु्नु भएको छ । भक्तपुरमा नेकपा, काँग्रेस र नेमकिपाबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । तत्कालीन बाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

धरानमा उपमहानगर

यता सुनसरीको धरान उपमहानगरपालिकामा मेयर, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा उपचुनाव हुँदैछ ।

धरान उपमहानगरपालिकाको मेयरमा नेकपाले प्रकाश राई, काँग्रेसले तिलक राई, समाजवादीले गजेन्द्र इस्वो, साझाले राजन कुमार श्रेष्ठलाई मैदानमा उतारेपनि नेकपा र काँग्रेसबीच मै मुख्य प्रतिस्पर्धी हुने देखिएको छ ।

तत्कालीन एमालेबाट मेयरमा निर्वाचित तारा सुब्बाको निधन भएपछि धरान उपमहानगरपालिकामा उपनिर्वाचन लागेको हो । देशभरका ३७ जिल्लामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह प्रमुखसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका ५२ पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -