कपिलवस्तु, १४ कात्तिक २०७६ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्ररुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा आज अनिश्चितकालिन कर्फ्यू जारी गरीएको छ ।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुई पक्षको विवाद हिंसासम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो ।
लक्ष्मी पूजा गरेपछि मूर्ति बिसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि कर्फ्यू जारी गरेको हो ।
प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर सोही ठाउँका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको छ ।
त्यस्तै प्रहरीको गोली लागेर सोही ठाउँका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको छ ।









































