काठमाडौँ, १० कात्तिक २०७६ । धावा गोरखा विकास समन्वय समितिको आयोजनामा महान चाड शुभ-दीपावली, नेपाल सम्बत ११४० र छठ पर्वको शुभ अबसरमा शुभकामना आदानप्रदान, चियापान तथा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

सगुन क्याफे, नयाँ बजारमा आयोजना गरिएको उक्त कार्यक्रम भिमसेन थापा गाउपालिका-४ साबिक धावाबाट बिभिन्न पेशा, व्यवसायमा आबद्द भएर काठमाडौँमा रहनुभएका एक आपसमा शुभकामना आदान प्रदान गरी भब्य रुपमा गरिएको थियो ।
सस्थाका अध्यक्ष इन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष रमेश बन्जारा, पुर्ब अध्यक्ष राजन प्र काप्री एवम समाजसेबीहरु ठाकुर पुडासैनी, हिमप्रसाद बन्जारा, पिताम्बर सिम्खडा र रामजी लामिछाने लगाएत अतिथि महानुभाहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमका साथै देउसीभैलो कार्यक्रम सस्कृति संरक्षणका निम्ति खेलिएको सस्थाका अध्यक्ष इन्द्र भट्टले बताउनु भयो ।









































