Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:२४ बिहान
- ADVERTISEMENT -

पशुपतिघाटका शव दाह रोक्ने घोषणा फिर्ता

प्रकाशित मिति: २०७६ कात्तिक ७, बिहीबार

559
Shares

काठमाडौं, ७ कात्तिक २०७६ । पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ ।

पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए ।

कामदारको मागपछि आजै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा।प्रदीप ढकालले जानकारी दिए । कामदारले २० वर्षसम्म शव जलाउने काम गरेपछि अवकाशका बेला रु १० लाख पाउनुपर्ने माग गरेकामा रु पाँच लाख दिने गरी सहमति भएको छ । यसअघि २० वर्ष घाट सेवामा काम गरेकाले अवकाशका बेला रु डेढ लाख पाउँथे ।

यसैगरी, १५ वर्ष काम गरेकाले रु तीन लाख पाउने भएका छन् । यसअघि रु एक लाख पाउने गर्दथे । दश वर्ष शवदाह गरेकाले रु ५० हजार अवकाशस्वरुप पाउने गरेकामा डेढ लाख पाउने सहमति भएको छ ।

यसैगरी, शवदाह गरेको प्रतिशत रु एक हजार २०० बाट बढाएर रु एक हजार ५०० बनाइएको छ । दाउरा बोक्नेको प्रतिशत रु ४०० बाट बढाएर रु ६०० पुर्‍याइएको कोषले जनाएको छ ।

घाट सेवामा हाल ४९ कामदार कार्यरत छन् । कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ । यसरी आएका कामदारलाई सूचीमा राखी पालोका आधारमा काम दिइने गरेको सदस्य सचिव ढकालले बताए । कोषले नौ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो ।

घाट सेवामा कार्यरत सबै कामदारको बीमा रु दुई लाखका दरले कोषले नै गरिदिने भएको छ । पशुपतिको विद्युतीय शवदाह गृहमा समेत गरी दैनिक औसत ३० शव आउने गरेका छन् । त्यसमध्ये धेरैको प्राथमिकता विद्युतीय शवदाह गृह बन्ने गरेको कोषले जनाएको छ । हाल दुई विद्युतीय शवदाह गृह सञ्चालनमा छ । तेस्रो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

कोषले ६ महीनापछि काठबाटै शव जलाउन सकिने तर धुवाँ नआउने वातावरण मैत्री शवदाहको व्यवस्था गर्न लागेको जनाएको छ । यस्तो यन्त्र विद्युतीय शवदाह गृहसँगै जडान गरिने छ । यो यन्त्र जडान भएपछि काठबाट शव जलाउन कम हुने छ । यसले पशुपति क्षेत्रको वातावरणीय सुधारमा सहयोग पुग्ने आशा गरिएको छ ।

विद्युतीय शवदाह गृहमा शव जलाउँदा बढीमा पाँच हजारमा सम्पन्न हुन्छ । काठबाट शव जलाउँदा भने कम्तीमा रु १५ हजार लाग्ने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -