Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:२५ बिहान
- ADVERTISEMENT -

आरुघाट क्षेत्रको मुआब्जा तत्काल निर्धारण नगरे राजीनामा जनतासम्म जाने चेतावनी

प्रकाशित मिति: २०७६ कात्तिक ५, मंगलबार

838
Shares

गोरखा, ५ कात्तिक २०७६ ।  गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट लगायतका बजार क्षेत्रको मुआब्जा तत्काल निर्धारण नगरे राजीनामा जनतासम्म जाने चेतावनी दिनुभएको छ ।

उर्जामन्त्रालयमा भएको छलफलमा उहाँले  जनतासमक्ष गरेको वाचा पूरा गर्न नसकेकाले (पदमा बस्न) नैतिक समस्या परेको भन्दै यस्तो चेतावनी दिनुभएको हो ।

‘नैतिक रुपले पनि के भनेर बस्ने त ? ४ वर्ष भइसक्यो, एक नम्बर क्षेत्रको अधिकांश भाग त्यसले (बुढीगण्डकी डुवान क्षेत्रले) कभर गरेको छ, जनताको जग्गा रोक्का भएको छ, बैंकमा ऋण छ, जनप्रतिनिधिको हैसियतले कसरी बस्ने ?’ सांसद अधिकारीले भन्नुभयो । आफूहरुले बुढीगण्डकी आयोजना बनाउने र स्थानीयलाई चित्तबुझ्दो मुआब्जा र पुनर्बास गराउने वाचा गरेर मत पाएको तर आफ्नै पार्टीको सरकारले माग सुनवाई नगरेको उहाँको गुनासो थियो ।

बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रभित्रको स्थानीय बजार गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरेको बाहेक अन्यको मुआब्जा वितरण भइसकेको छ ।

छलफलमा धादिङका पुर्वमन्त्री गंगालाल तुलाधर, कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद हरि अधिकारी, प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधीसभाका सदस्य भुमि त्रिपाठी र पुर्व सांसद गुरु बुर्लाकोटी सहभागी थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -