गोरखा, ४ कात्तिक २०७६ । भिमसेन गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे र उपाध्यक्ष विनु वाग्लेले सम्बन्धीत घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गर्नु भएको छ ।

विभिन्न वडाका ५२ घरधनीलाई सम्पन्नता प्रमाणपत्र वितरण गरिएको हो ।
गाउँपालिकाले निजि आवास पुनर्निर्माण सम्पन्न गर्ने भूकम्पपीडितलाई पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण गरिएको छ ।

वडा नं १ का १० घर, वडा नं २ का ५ घर, वडा नं ३ का चार घर, वडा नं ४ का पाच घर र वडा नं ५ का नौ घरलाई प्रमाणपत्र दिईएको हो । यस्तै, वडा नं ६ का नौ घर, वडा नं ७ का चार घर र वडा नं ८ का छ घरलाई प्रमाणपत्र वितरण गरिएको भिमसेन थापा गाउँपालिकाले जानकारी दिएको छ ।
भूकम्प प्रतिरोधी र सुरक्षीत घर बनेको प्राविधिकको निगरानी र सिफारीसका आधारमा प्रमाणपत्र वितरण गरिएको हो ।
यस भिमसेनथापा गाउँपालिका अन्तर्गत रहेका भूकम्प प्रभावित व्यक्तिहरुको नीजि आवास पुन-निर्माणको कार्य सम्पन्न भएका तपशिल बमोजिम घरपरिवारहरुलाइ निजि आवास पुन:निर्माण सम्पन्न प्रमाणपत्र यस यस गाउँपालिकाक अध्यक्ष ईश्वर पाण्डेबाट प्रदान गरी पुन:निर्माण कार्य सम्पन्न प्रमाणपत्र वितरण कार्यको सुभारम्भ गरीएको थियो ।

तपशिल
वडा प्रमाणपत्र पाउनेको संख्या
१ मसेल १०
२ तान्द्रांग ०५
३ तान्द्रांग ०४
४ धावा ०५
५ बगुवा ०९
६ अश्रांग ०९
७ बोर्लांग ०४
८ बोर्लांग ०६









































