Opens in a new tab
२०८३ मंसिर १, सोमबार
९:२५:५७ राति
- ADVERTISEMENT -

लिगलिग कोट : मुल गढी सहित ५ वटा गढीहरु अहिले पनि स्पष्ट

प्रकाशित मिति: २०७६ असोज २०, सोमबार

1952
Shares

गोरखा, २० असोज २०७६ । जतिबेला नेपाल बाइसे–चौबिसे राज्यमा विभाजित थियो । ती मध्ये एउटा यस्तो राज्य थियो, जहाँ राजा बन्नका लागि दौड जित्नु पर्थो । दशैको टिकाको दिन चेपे र मस्र्याङ्दी किनारबाट जो दौडिएर पहिला लिगलिगकोटमा आइपुग्यो त्यो एक वर्षका लागि राजा हुन्थ्यो ।

बिक्रम सम्वत १६१५ मा लम्जुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाह त्यहाँको राजा घोषित भए । त्यसपछि दौडिएर राजा हुने परम्पराको अन्त्य भई नेपाल राज्यको एकिकरणको शुभारम्भ भएको इतिहास छ ।

वर्षेनी राजा परिर्वतन हुँदा अस्थिर रहेको लिगलिगकोटमा द्रव्य शाहले राज्य सम्हालेपछि आसपासका भुरे टाकुरे राज्यहरुमा हमला गर्दै कालान्तरमा गोरखा राज्यको स्थापना भएको इतिहासविद्धहरु बताउँछन् ।

त्यसपछि नरभुपाल र कौशल्यावती शाहका छोरा पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकिकरणलाई अघि बढाएको र उनका सन्ततीहरुले पूर्णता दिएको इतिहासविद्हरु बताउँछन् । तर आधुनिक नेपालको उद्गम थलो लिगलिगकोट इतिहासको पानामा मात्र सिमिति भएको छ ।

हालको पालुङ्टार नगरपालिका वडा नम्बर–२ मा अवस्थित करिब ५ सय वर्ष पहिले निर्माण भएको दरबारको भग्नावशेष संरक्षणको पर्खाइमा छ । ऐतिहासिक ठाउँहरु यसको संरक्षणमा स्थानीयहरु एक जुट भएता पनि पैसा अभाव भए पछि केही गर्न सकेनन । न त सरकारकै प्रार्थमिकतामा परयो यो ठाउँ ।

द्रब्य शाह राजमार्गको ठाँटी पोखरी–आँपपिपल सडकखण्डमा पर्ने बिजुली डाँडाबाट करिब ५ सय मिटर उकालो चढेपछि लिगलिगकोटको मुल गढीमा पुगिन्छ । त्यहाँ पर्खाल जस्तो देखिने करिब ५ सय वर्ष पुरानो दरबार छ ।

मुल गढी सहित ५ वटा गढीहरु अहिले पनि स्पष्ट देख्न सकिन्छ । ठुलो गढी, बैठक भवन, सुरक्षा हेर्न दुई वटा भवन, सुचना प्रवाह गढी लगायत लिगलिग कालिका मन्दिर, भुमेथान मन्दिर, भिमसेन मन्दिर, दर्खे देवी मन्दिर र चण्डी थान लगायतका संरचनाको भग्नावशेस सहजै देख्न सकिन्छ ।

संरक्षणको अभावमा सबै संरचना लोप अबस्थामा पुगेका छन् । त्यसो त पुरातत्व विभाग र पर्यटन मन्त्रालयले कोट किल्ला मर्मतका लागि भन्दै विगतमा केही रकम छुट्याए पनि देखिने गरि काम भएको छैन् ।

पछिल्लो पटक गण्डकी प्रदेश सरकारले लिगलिगकोटमा ऐतिहासिक संग्राहालय निर्माण गर्नको लागि आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड बजेट विनियोेजन गरेको छ । तर संग्राहालय निर्माणको मास्टर प्लान समेत तयार भएको छैन ।

नेपालकै ऐतिहासिक स्थल लिगलिगकोटको संरक्षणमा राज्यले खासै चासो नदिएको स्थानियको गुनासो छ । यता पालुङ्टार नगरपालिकाले भने लिगलिगकोटको संरक्षण आफ्नो प्राथमिकतामा रहेको दाबी गरेको छ ।

नगरपालिकाले यस वर्ष कोटसम्म पुग्ने सिढिबाटो निर्माणका लागि ३० लाख वजेट व्यवस्था गरेको छ । नगरपालिकाले कर्मचारीको रुपमा एक जना हेरालु राख्ने तयारी गरेको छ । लिगलिगकोटमा पर्यटक आकर्षिकत गर्नका लागि भन्दै गत वर्ष ६० मिटर अग्लो राष्ट्रिय झण्डा समेत राखिएको छ । गोरखा समाचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -