गोरखा, ६ असोज २०७६ । धावा गोरखा बिकास समन्वय समितिको अध्यक्षमा इन्दबहादुर भट्ट अध्यक्षमा सर्व सम्मत चयन हुनु भएको छ ।
राजधानीमा भएको समितीको ११ औ बार्षिक साधारण सभाले भट्टलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो । त्यस्तैगरी, समितिको उपाध्यक्षमा राम प्रसाद बन्जारा ,सचिबमा प्रदिप बन्जारा, सह–सचिवमा नबराज सिखडा र कोषाध्यक्षमा कुमार दर्जी चयन हुनु भएको छ ।
समितिको सदस्यहरुमा हिमाल कटेल, प्रकाश साक्य, शोभा लमिछाने, गुणराज खनाल, प्रकाश सिखडा, प्रसान्त लामिछाने, गोमा खनाल, कृष्ण परियार, सुशीला लामिछाने पोखरेल, सुरेन्द्र भट्ट, कृष्ण लामिछाने र मुना पुडासैनी काप्री चयन हुनु भएको हो ।
गोरखाको भिमसेन थापा गाउँ पालिका ४ धावा वासीहरुको उपस्थिति रहेको कार्यक्रममा निबर्तमान अध्यक्ष तारानाथ पोखरेल, मदनकुमार शाक्य, सस्थापक अध्यक्ष रमेश बन्जारा, पुर्ब अध्यक्ष राजनप्रसाद काप्री, समाजसेवी तारानाथ पुडासैनी, होमनाथ सापकोटा, यदुकुमार भट्ट, चन्द्र भट्ट, बिकास लामिछाने र कृष्णराज पोखरेल लगाएतले मन्तब्य राख्नु भएको थियो ।









































