गोरखा, २ असोज २०७६ । गोरखाको शहिद लखन गाउँपालिका वडा न ८ छापबारीमा धन्सार भत्किदा पुरिएर १ जना गम्भीर घाइते भएका छन् ।
केही दिन लगातार परेको अबिरल बर्षाका कारण भुकम्पले क्षति पु¥याएको घर भत्किदा घरधनी ६५ बर्षिय अमरबहादुर श्रेष्ठ घाइते हुनु भएको हो । एक्कासी धन्सार भत्किदा भित्र रहेका श्रेष्ठ परिनु भएको थियो ।
पशुबस्तुलाई घाँस हाल्न गएका बेला धन्सार एक्कासी भत्किएको वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईले बताउनुभयोे ।
घर भत्किएका बेला परिवारका अन्य सदस्य भने अर्को घरमा भएकाले सवै सुरक्षीत भएको वडाध्यक्ष अम्गाईको भनाई रहेको छ । घाइेतको ढाडमा चोट लागेको छ । घटना लगत्तै स्थानियबासीले घाइतेको उद्धार गरि उपचारका लागि गोरखा सदरमुकाम पठाइएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो ।
‘घटनाको ५ मिनेट भित्रमा नै उद्धार सम्भव भयो, उहाँले भन्नुभयो, अहिले श्रेष्ठको सदरमुकामको एपोलो अस्पतालमा उपचार भई रहेको छ ।’धन्सार भत्किदा त्यहा रहेका ५ ओटा बाख्रा, २ ओटा भैसी समेत पुरिएको उहाँको भनाई छ । पुरिएका पशुबस्तुको पनि जिवितै उद्धार गरिएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो ।









































