इटहरी, २०७६ साल असोज २गते बिहिबार । इटहरीका पोलहरुमा डोको राखिएको छ । संविधानदिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको राखिएको हो ।
नसडने फोहोर हाल्नका लागि डोको राखिएको हो । पर्यटकहरुको सहजताका लागि इटहरी चोक आसपास, खनार, पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले जानकारी दिनुभयो ।
इटहरीमा संविधानदिवस ४ दिन सम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुरुप पोलहरुमा डोको राखिएको हो । पाथीभरा फुटसल काब्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार, उद्योग वाणिज्य संघ र नागरिक समाज विच मैत्रीपूर्ण फुटसल हुने छ ।
यसैगरी, जनसहयोग क्यामपस तरहरामा संविधान कार्यावन्यनमा युवाको भूमिका विषयक अन्तरक्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
त्यसैगरी, शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मा वि स्तरीय निवन्ध प्रतियोगिता हुने छ । आज अपरान्ह चार वजे पकली स्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण,इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खादयान्न र कपडा वितरण तथा निसहाय वाल आश्रममा खादयान्न वितरण कार्यक्रम गरिने छ ।
असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा सरिग हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।









































