गोरखा, २९ भाद्र २०७६ । गोरखाको पालुङटार नगरपालिकामा गत शुक्रबारबाट घर प्रबलिकरण कार्य सुरु गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको प्राविधिक सहजिकरणमा उक्त घरको प्रबलिकरण सुरु गरिएको हो ।
प्रवालिकरण अन्तर्गत सबैभन्दा पहिला पालुङ्टार नगरपालिका- ३ बोहरा गाउ ‘ मा बिमला लामाको घरदेखि प्रबलिकरण सुरु गरिएको छ ।
बि स २०७२ सालको भुकम्पबाट क्षति भएर राष्ट्रिय पुन:र्निर्माण प्राधिकरणको सुचिमा रहेका पालुङटार नगरपालिकामा एक हजार भन्दा बढि घरधुरी हालसम्म पनि प्रबलिकरण अभियान सुरुवात नभएको समयमा प्रवलिकरण प्रर्दशनी घरले प्रबलिकरणमा परेका लाभग्राहिहरुलाई सहज हुने र प्रविधिले पालुंङटार नगरपालिकामा रहेका पुराना घर जो सांस्कृतिक धरोहरका छन् त्यस्ता घरहरुको प्रवलिकरण गर्नु पर्नेमा जोड दिनु पर्ने उप–प्रमुख वसेलले बताउनु भयो ।
बिमला लामाको घर वि स २०५३ सालमा ढूंगा माटोको डेढ तले बनेको र २०७२ को भुकम्पले क्षति भएको थियो । उक्त घरको लम्बाई २२ र चौडाई १३ फिट तथा उचाई १४ फिट रहेको छ । उक्त घरलाई जस्ता तारद्धारा चारै कुनामा जस्ता तारको ठाडो पट्टि लगाईको छ । घरको झयाल तलको बन्धन र ढोका माथिको वन्धनमा तेर्सो जस्ता तारको बन्धन लगाईएको छ । क्रमशः दोस्रो तलामा पनि पहिलो तला झै चारै कुनामा जस्ता तारको ठाडो पट्टि तथा भ्याल मुनिको बन्धन र ढोका माथिको तेर्सो जस्ता तारको बन्धनको प्रयोग गरिएको छ । प्रत्येक १६ इन्चीको डाडो तथा तेर्सोे दुरिमा बनाईएका प्वालहरुमा २ मिलिमिटर ब्यासको तारको क्रस लिंक बनाई ठाडा तथा तेर्सो ४ मिलिमिटर ब्यासको तारलाई अंकुश गरिएको छ ।
ठाडो तथा तेर्सोे पट्टिलाई एक आपसमा तथा भित्तामा अंकुस गर्न राखिएको ढलाने अंकुशको दुरी बढिमा चार फिट राखिएको छ । काठहरुको जोडाईलाई मजबुतिकरण गर्न २ मिलिमिटर ब्यासको जस्ता तारले काठको जोर्निलाई बाधिएको छ ।
उक्त घरको छानो तथा भूंईलाई लचकता प्रदान गर्न काठका संरचनाहरुलाई तिन वटा २ मिलिमिटर ब्यासको तारले बिकर्ण बन्धन प्रयोग गर्ने कुरा नेपाल आवास पुनर्निर्माण परियोजनाका ईन्जीनियर दिवस दाहालले बताउनु भयो ।
उक्त घरको अवलोकन गर्दै नगरप्रमुख इ दिपक बाबू कँडेलले निजी आवास पुनर्निर्माणको गति वढाउन प्रवलिकरण कार्यको शुरुवातले पालुङटार नगरपालिकामा सहज हुने विश्वास राख्नुभयो । नगरप्रमुख कडेंलले प्रवलिकरण भईरहको घरका लाभग्राहिसंग अवलोकनका क्रममा छलफल समेत गर्नु भएको थियो ।









































