Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१०:४४:०८ बिहान
- ADVERTISEMENT -

गोरखा नगरपालिकाको भीमसेन पार्कमा भीमसेन थापाको सालिक

प्रकाशित मिति: २०७६ भदौ ८, आइतबार

1299
Shares

गोरखा, ८ भाद्र २०७६ । गोरखा नगरपालिकाले भीमसेन पार्कमा भीमसेन थापाको साकिल स्थापनाको तयारी पुरा गरेको छ ।

राष्ट्रिय विभूती भीमसेन थापाको सालिक निर्माण भई जिल्ला आई सकेकोले केही दिन भित्रै स्थापना गरी सार्वजनिक गरीने गोरखा नगरपालिकाले जानकारी दिएको छ ।

नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएका थापाको सम्मान र सम्झनामा थापाको पूर्णकदको सालिक निर्माण गरिएको हो ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तका अनुसार गोरर्खाली भएर भीमसेन थापाको योगदानलाई कदर गर्न सकेनौं भने उनी प्रति अन्य हुने र ईतिहास अपुरो हुने भएकाले अबको केही दिनमा सालिक स्थापना गरी औपाचारीक रुपमा सार्वजनिक गरीनेछ । गोरखा नगरपालिका–४ फिनाममा भीमसेन पार्क समेत निर्माण भई सकेकोले गोरखा नगरपालिकाले अहिले सालिक राख्न लागेको हो । नगरपाकिाले गत आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सालिक स्थापनाको लागि २२ लाख ८४ हजार बजेट विनियोजन गरेको थियो ।

५ फिट १० इन्च अग्लो थापाको पूर्णकदको सालिक नविन आर्टसले तयार पारेको हो । भाद्र महिना भित्र सालिक स्थापना गरि सार्वजनिक गर्ने नगरपालिकाको लक्ष्य छ । सालिक स्थापनासँगै टायल बिच्छाउने र कँुदेको ढुंङ्गा समेत राखिने कार्यालयले जानकारी दिएको छ ।‘एक नगर एक उद्यान’ कार्यक्रम अन्तरर्गत नगरपाकिाले यस अघि नै ३ लाख खर्च गरेर ट्रस र रेलिङ्ग हाल्ने काम गरिसकेका छ । नगरपालिकाका इन्जिनियर प्रकास ढकालका अनुसार पार्कलाई एकिकृत शहरी बिकास योजना पनि समेटिने छ ।

पार्कमा सोलारवत्ती समेत जडान गरिएको छ । भीमसेन पार्क महत्वपुर्ण गन्तब्य मध्ये एक बनाउने नगरपालिकाको योजना छ । यसो गर्दा जिल्लाको पर्यटन प्रवद्र्धनमा समेते मद्दत मिल्ने पर्यटन सम्वन्धी चासो राख्ने ब्यत्तिहरुको विश्वास रहेको छ ।पर्यटकको रोजाइमा नेपाल एकिकरणको उद्गम थलो गोरखा रहदै आएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकिय रुपले महत्वपूर्ण स्थान राख्ने गोरखामा स्वदेश तथा विदेशबाट दैनिक जसो अध्ययनका लागि आउनेको संख्या बढदै जान थालेको छ ।

जिल्ला सदरमुकाम आएका पर्यटक मध्ये अधिकाशंले गोरखा दरबार, गोरखकाली, गोरखनाथ र गोरखा संग्राहलयमा केही सयम बिताएर फर्किने गरेका छन् । भौगोलिक रुपमा पनि गोरखा सदरमुकामबाट केही पर रहेको भीमसेन पार्कसम्म पर्यटक पु¥याउन सक्ने हो भने उनीहरुका १ दिन बसाई लम्बिन सक्ने विज्ञहरु बताउँछन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -