दाङ, २६ साउन २०७६ । दाङको बङ्गलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले आगजनि गरेको छ । गएराति करिव १२ः४५ को समयमा आगजनि भएको हुन सक्ने अनुमान गरिएको छ । आगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ ।
गाडिमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपाल प्रसाद शर्माको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको शई शर्माले बताउनुभयो ।
बंगलाचुली गाउपालिका वडा नं।५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएको गाडीमा आगजनी भएको हो ।









































