Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:३१:०७ दिउँसो
- ADVERTISEMENT -

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाद्धारा मोन्ट ब्ल्यांकको सफल आरोहण

प्रकाशित मिति: २०७६ साउन १०, शुक्रबार

902
Shares

काठमाडौँ, २०७६ साल साउन १० गते शुक्रबार ।  नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा फ्रान्सेली दूतावासले पूर्व मिस नेपाल श्रृङ्खला खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको व्यवस्था मिलाएको थियो ।

सोहि अवसरमा पूर्व मिस नेपाल खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण गरेकी छन् । पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकलाई अर्को नाम सेतो हिमालको नामले पनि चिनिन्छ । सो सेतो हिमालको उचाइ ४ हजार ८ सय ८ मिटर रहेको छ । यो इटाली र फ्रान्सको बीचमा अवस्थित रहेको छ । सो हिमाललाई हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नो बोर्डिङका लागि लोकप्रिय मानिन्छ ।

पूर्व मिस नेपाल श्रृङ्खलाकी आमा मुनु सिग्देलले नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि हिमाल आरोहण गरेको जानकारी दिएका छन् ।

श्रृङ्खला फ्रान्समा हिमाल चढेर फर्किएपछि अमेरिका जाने र युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको युरोप भ्रमणको डेढ महिनाको कार्यतालिले देखाएको छ ।

फ्रान्समा रहेको नेपाली दूतावासले श्रृङ्खलालाई सफलतापूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा बधाइ ज्ञापन गरेको छ ।

 

 

 

श्रृङ्खलाको आमा मुनु सिग्देलका अनुसार हिमालको सफल आरोहणपछि श्रृङ्खलाले साइकल रेस कार्यक्रममा सहभागी साइकलिस्ट र आयोजकसँग अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ ।

 

यसैक्रममा, दूतावासले धेरै नेपाली पथ प्रदर्शक र प्याराग्लाइडरहरुले फ्रान्समा तालिम लिइरहेको र फ्रान्सका विभिन्न संघ संस्थाहरु पनि नेपालमा सक्रिय रहेकाले दुई देशबीच मजबुत सम्बन्धका लागि कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -