Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३८:४६ बिहान
- ADVERTISEMENT -

तथ्य र तथ्याङ्क विकासका लागि आधारः मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७६ साउन ६, सोमबार

727
Shares

पोखरा, ६ साउन २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न सङ्घसंस्थाले गरेका अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र तथ्याङ्क विकासका लागि महत्वपूर्ण आधार बन्ने बताएका छन् ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एसिया फाउण्डेशनद्वारा सर्भेक्षण गरिएको तथ्याङ्क आज सार्वजनिक गर्दै उनले प्राप्त तथ्याङ्ककै आधारमा विकासका योजना तय हुने बताउनु भयो ।

अध्ययन अनुसन्धानका क्रममा जो कोही संस्थाले वस्तुनिष्ठ ढङ्गबाट सही तथ्य निकाल्नुपर्नेमा जोड दिँदै उनले त्यस्ता तथ्याङ्कले भावी कार्ययोजना तय गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । उनले काठमाडौँ विश्वविद्यालयसहित तीन संस्थाले तयार गरेको तथ्याङ्कसहितको प्रतिवेदन सरकारका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नु भयो ।

प्राप्त तथ्याङ्कअनुसार गण्डकी प्रदेश विकास निर्माणमा अघिनै देखिएको बताउँदै मुख्यमन्त्री गुरुङले कमजोरी देखिएका क्षेत्रलाई क्रमशः सुधार गर्दै अघि बढिने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गलत तथ्याङ्कले योजना निर्माण एवम् त्यसको कार्यान्वयनमा प्रत्यक्ष असर पर्ने भएकाले सही तथ्याङ्क निकाल्नेमा अनुसन्धानकर्ता लाग्नुपर्ने बताउनु भयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्थानीय तहले विकास निर्माणका साथै सबै क्षेत्रको पारिवारिक तथ्याङ्क सङ्कलन गरिनुपर्ने औंल्याउनु भयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका डा धिरज गिरीले ७३ जिल्लाका १८ वर्षमाथि उमेरका सात हजार ५६ व्यक्तिलाई छनोट गरी तथ्याङ्कक सर्भेक्षण एवम् विश्लेषण गरी निष्कर्ष निकालिएको जानकारी दिनु भयो  ।

विभन्न वर्ग र समुदायका व्यक्तिहरुसँग गरिएको प्रश्नउत्तरमा ५१।५ प्रतिशत उत्तरदाताले देश सही दिशामा अघि बढेको बताएको उनले जानकारी दिनु भयो । उहाले ३९।४ प्रतिशत उत्तरदाताले देश क्रमिकरुपमा गलत दिशातर्पm अघि बढेको र ९।१ प्रतिशतले यसबारे आफूहरु अनभिज्ञ भएको बताएको बताए । अध्ययनअनुसार राजनीतिक दल, प्रदेश र सङ्घीय संसद्का सदस्यमा जनताको विश्वास ३० देखि ४० प्रतिशत मात्र देखिएको उनले जानकारी दिनु भयो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका डिन डा सागरराज शर्माले तथ्याङ्कको सत्यतथ्यताका लागि भरपुर प्रयास गरिएको जानकारी दिनु भयो । उनले सात वटै प्रदेशमा यस किसिमका कार्यक्रम गरी तथ्याङ्क सार्वजनिक गरिने र प्राप्त सुझावका आधारमा थप गहिराइमा पुग्ने बताउ । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र प्राज्ञिक क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -