Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
३:४६:२७ राति
- ADVERTISEMENT -

६५९ जनाले सगरमाथाको सफल आरोहण : पर्यटन विभाग

प्रकाशित मिति: २०७६ जेठ ३०, बिहीबार

1379
Shares

काठमाडौँ, ३० जेठ २०७६ । यस वर्षको सगरमाथा आरोहणका क्रममा आरोहीको अत्यधिक भीडले ‘ट्राफिक जाम’ भई आरोहीको मृत्यु भएको एकोहोरो प्रचार विदेशी सञ्चार माध्यमले गरिरहेका र प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बीबीसीसँगको अन्तर्वार्तामा आरोहीको मृत्यु ‘ट्राफिक जाम’ का कारण नभएको बताउनुभएको भोलिपल्ट बुधबार पर्यटन विभागले पनि यस्तो प्रचारको खण्डन गरेको छ ।

विभागका अनुसार आरोहणका क्रममा आठ जनाको मृत्यु भएको र एक जना हराइरहेका छन । सगरमाथा आरोहणको क्रममा मृत्यु भएका र चुचुरोसम्म पुग्नका लागि प्रतिक्षामा रहेका आरोहीको तस्बिर सार्वजनिक भएपछि अधिक अनुमति र ‘ट्राफिक जाम’का कारण मृत्यु भएको मन्ने प्रचारलाई विभागले अस्वीकार गरेको छ ।

यो वर्ष अघिल्लो वर्षभन्दा केही थोरै बढीलाई मात्र आरोहण अनुमति दिइएकाले अधिक अनुमति पत्रकै कारण आरोहीको मृत्यु भएको विषय वास्तविक नभएको विभागको दाबी छ ।

यस वर्ष ६५९ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । जेठको पहिलो हप्तादेखि सुरु भएको यस वर्षको सगरमाथा आरोहणको वसन्तकालीन मौसममा २८१ जना आरोही र ३७८ जना आरोहीका सहयोगी सगरमाथाको चुचुरोसम्म पुगेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार सन् २०१७ मा ३६६ जनालाई आरोहणको अनुमति दिइएको थियो । अहिलेको अनुमति सङ्ख्या गत वर्षको भन्दा १५ जनाले मात्रै बढी हो । त्यस्तै सन् २०१८ मा ३४६ जनालाई अनुमति दिइएको विभागले जनाएको छ । अघिल्लो वर्षमा दिइएका आरोहण अनुमतिका आधारमा अहिले दिएको अनुमति सङ्ख्या धेरै नभएको अनुमतिकै आधारमा मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहणको मुख्य समय मानिने यस मौसमका लागि विभागले यस सिजनाको लागि विभिन्न ४४ ओटा आरोहण दलका ३८१ जना आरोहीलाई अनुमति दिएको थियो । ती आरोहीलाई सहयोग गर्न ६४२ जना गाइड, सरदार र शेर्पा खटिएको विभागले जनाएको छ । सम्बन्धित आरोहण दलका नेता र सम्पर्क अधिकृतले उपलब्ध गराएको तथ्याङ्कको आधारमा आरोहीको सङ्ख्या यकिन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।

सम्पर्क अधिकृत र सम्बन्धित एजेन्सीले उपलब्ध गराएको विवरणका आधारमा प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी र लेक लाग्ने समस्याका कारण मृत्यु भएको खुल्न आएकाले अधिक अनुमतिपत्र र ट्राफिक जाम यसको कारण नरहेको विभागले स्पष्ट पारेको छ ।

अध्ययन समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष हिमाल आरोहणका क्रममा मृत्यु भएका र हराइरहेकालगायत पर्वतारोहणका नीतिगत, कानुनी, संरचनागत, सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ ।

मन्त्रालयका जनशक्ति व्यवस्थापन तथा प्रवद्र्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा विभागका महानिर्देशक डन्डुराज घिमिरे, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा र विभागका निर्देशक मीरा आचार्यसहित पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको हो । समितिलाई यस क्षेत्रका सम्पूर्ण विषयको गम्भिर किसिमले अध्ययन गरेर आवश्यक सुझाव उपलब्ध गराउन जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -