गोरखा, २३ जेठ २०७६ । विश्व वातावरण दिवस देशभर “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ वातावरण सम्बन्धी जनचेतामुलक कार्यक्रम गरी मनाएका छन् । विश्व वातावरण दिवस २०१९ को अवसरमा छाया नेपाल, छाया अस्ट्रियाको सहकार्यमा लिगलिग ग्रुप अफ इन्भेस्टमेन्टले पालुङटार नगरपालिकामा एक कार्यक्रम समापन गरेको छ ।
“स्वच्छ वायु, स्वस्थ जीवन” मुल नाराका साथ मनाइएको वातावरण दिवसमा भवानी बहुमुखी क्याम्पसबाट सद्भाव र्याली गरेर ठाटीपोखरीको समीको चौतरामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

लिगलिग ग्रुपका प्रबन्ध निर्देशक किरण गिरीको अध्यक्षतामा, पालुङटार नगरपालिका प्रमुख ई.दीपक बाबु कंडेलको प्रमुख आथित्यतामा ,पालुङटार नगरपालिका नगर उप-प्रमुख पम्फा बसेल, छाया नेपालका वातावरण बिज्ञ राम महर्जनको विशेष आथित्यतामा, समाजसेबी, बिधार्थी, अभिभाबक, स्थानिय बासिन्दा लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम सुरुवातसंगै पालुङटार नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय बिच “स्वच्छ वायु, स्वस्थ जीवन” शिर्षकमा अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता भएको थियो ।

उक्त बक्तृत्वकला प्रतियोगितामा ठाटीपोखरी बालज्योती ई.बो. स्कुल कि छात्रा सुफल तामाङले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, मदनेडाडा मा.वि का छात्र अभिनास पन्तले द्रितिय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, युनाइटेड ई.बो. स्कुलका सुजल प्रधान तृतीय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, अमरज्योती जनता मा.वि. कि सुदिक्षा श्रेष्ठ र भवानी मा.वि कि समिक्षा श्रेष्ठले सान्त्वना पुरस्कार जित्न सफल हुनु भएको थियो ।
प्रतियोगी विजयी सम्पूर्णलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक बाबु कंडेलले बाताबरण स्वच्छ भए मात्र हामी स्वस्थ रहने बताउनु हुदै समग्र पालुङटारलाई हराबरा बनाउन सबैले आ-आफ्नो ठाउबाट सहयोगी भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी, पालुङटार नगरपालिका भित्रका विद्यालयमा गठित ईको क्लबलाई वातावरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । साथै पालुङटार नगरपालिका भित्रका प्रत्येक माध्यमिक विद्यालयमा इको क्लब निर्माण गरी विभिन्न कार्यक्रम गर्ने योजना रहेको बताउनु भयो ।









































